Thursday, May 6, 2021
Home Not-to-be-missed कोरोना प्रभाव : काभ्रेका होमस्टे तथा होटल सुनसान

कोरोना प्रभाव : काभ्रेका होमस्टे तथा होटल सुनसान

,

काभ्रेपलाञ्चोक । चीनको उहानबाट फैलिएको कोरोना भाइरसका कारण अहिले विश्व नै त्रसित भइरहेको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालमा पनि त्रास फैलिएको छ । नेपाल सरकारले भिडभाड हुने ठाउँमा नजान जनतालाई आग्रह गरेसँगै जिल्लाका होमस्टे तथा होटलहरु सुनसान देखिन्छन् । पर्यटकको मुख्य सिजनमै कोरोनाको कारण बाह्य तथा आन्तरिक पर्यटक आउन छाडेपछि यहाँका होम–स्टे तथा होटल फाट्टफुट्ट रुपमा मात्र चलेका छन् ।

विभिन्न देशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण व्यापक भएसँगै जिल्लामा पनि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या घटेको होमस्टे एसोसिएनका नेपालका अध्यक्ष एवं पात्लेखेत सामुदायिक होमस्टेका सञ्चालक केशव बडालले बताए । उनका अनुसार अत्यधिक पर्यटक आउने मौसमको सुरुवातमै पर्यटकीय गतिविधि ठप्प हुदाँ पर्यटन क्षेत्रमा असर परेको छ ।

‘कोरोनाको त्रासकै कारण ताइवानबाट नेपाल आउन लागेका तीनवटा समूहको बुकिङ रद्द भयो,’ उनले भने, ‘कोरोनाको प्रभावले अहिले यहाँ बाह्य मात्र नभएर आन्तरिक पर्यटकसमेत आउन छाडेका छन् । यसले समग्र पर्यटन क्षेत्रलाई नै असर पारेको छ ।’ काभ्रेको पातलेखेल, पनौती, फूलबारी, भट्टेडाँडा, ढुङखर्कमा रहेका होमस्टेमा पनि पर्यटकको कमी भएको होमस्टे सञ्चालकले जनाएका छन् ।

कोरोनाको प्रभाव होमस्टे मात्र नभएर जिल्लाको होटलमा पनि परेको होटल व्यवसायीहरु बताउँछन् । पर्यटनका लागि भदौदेखि चैतसम्मको समय सिजन मानिन्छ । यो समयमा मौसम पनि राम्रो हुने हुनाले नेपाल घुम्न आउने पर्यटक बढ्ने भएपनि कोरोनाले आन्तरिक तथा बाह्य पर्यटक नआइदिँदा व्यवसाय नै धरापमा परेको व्यवसायीले गुनासो गरेका छन् ।

उपत्यकाबाट नजिक रहेको काभे्रका होटल आन्तरिक तथा बाह्य पर्यटककाो पहिलो रोजाइमा पथ्र्यो । सङ्घ, प्रदेश सरकारका गोष्ठी, सेमिनार, बैठकलगायतका लागि पनि काभ्रेका होटल छनोट हुने गरेका थिए । तर कोरोना भाइरसका कारण बिस्तारै होटल पनि सुनसान हुन थालेका छन् । कोरोनाका कारण अहिले सबै कार्यक्रम स्थगित हुँदा काभ्रेका होटल झनै सङ्कटमा परेको व्यवसायीको भनाइ छ । यो समयमा मौसम राम्रो हुने भएकाले हुनाले नेपाल घुम्न आउने पर्यटक बढ्ने गथ्र्यो । तर कोरोनाले आन्तरिक तथा बाह्य पर्यटक नआइदिदा व्यवसाय नै धरापमा परेको व्यवसायीले गुनासो गरेका छन् ।

वर्षौंपिच्छे भित्रिने रोग तथा प्रकोपका कारण होटल व्यवसाय धराशयी बन्दै गएकोमा होटल व्यवसायीहरु यति बेला चिन्तामा छन् । द्वन्द्व, भूकम्प, नाकाबन्दी, डेङ्गु हुँदै अहिले कोरोना भाइरसका कारण होटल व्यवसाय धरापमा परेको बताउँदै, धुलिखेल इको रिसोर्टका सञ्चालक एवं क्षेत्रीय होटल एसोसिएसन नेपाल काभे्रका कोपाध्यक्ष दिपेश श्रेष्ठ भने, ‘अब केही होला नि त भन्ने सोचेका थियौँ तर यति नै बेला नै कोरोना देखियो, कसरी कर्मचारी पाल्ने भन्ने पो चिन्ता हुन थाल्यो ।’

कोपाध्यक्ष श्रेष्ठका अनुसार पर्यटकको आगमनबाट दैनिक तीनदेखि चार लाख धुलिखेलका होटलहरुले कारोबार गर्ने गर्थे । तर अहिले कोरोनाका कारण पर्यटकको आगमन नभएपछि शून्य भएको उनको भनाइ छ । अधिकांश होटलले भएका कर्मचारीलाई समेत बिदा दिएको पाइएको छ । पर्यटकको आगमन कम भएसँगै धुलिखेलका होटल तथा रिसोर्टहरूमा कार्यरत पाँच सय जनाभन्दा बढी मजदुरको रोजगारी सङ्कटमा परेको मजदुर बताउँछन् ।

कोरोनाको त्राससँगै पर्यटक आगमन घटेको क्षेत्रीय होटल एसोसिएसनका अध्यक्ष एवं धुलिखेल लज रिसोर्टका सञ्चालक पे्रमकण्ठ श्रेष्ठले बताए । उनका अनुसार यहाँ होटलमा हुने सभा, सम्मेलन, गोष्ठी सबै कार्यक्र स्थगित हुँदा होटल नै सुनसान छ । भूकम्पको भन्दा पनि बढी जोखिम कोरोनाका कारण भएको बताउँदै उनले भने, ‘बैङ्कबाट करोडौँ रुपियाँ ऋण लिएर चलाएका छौँ । सरकारले होटल व्यवसायीलाई राहत व्यवस्था गर्नुपर्ने देखिन्छ । सरकारले राहत दिएन भने हाम्रो व्यवसाय धरापमा पर्छ ।’ धुलिखेल लज रिसोर्टका सञ्चालक श्रेष्ठका अनुसार होटल काम गर्ने ६० जना कर्मचारीमा अहिले १६ जना मात्र छन् ।

उनका अनुसार काभ्रेका होटलमा अर्बौंको लगानी गरिएको छ । धेरै समय व्यवसाय सञ्चालन हुन नसकेमा होटल व्यवसाय नै धरापमा पर्ने देखिन्छ । धुलिखेल, नगरकोट, नमोबुद्ध, बल्थली, दोलालघाट लगाएतका पर्यटकीय स्थलका होटल तथा रिसोर्टमा आन्तरिक तथा बाह्य पर्यटक नआउँदा सुनसान देखिन थालेको छ ।

(Visited 279 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोनाका कहर : अस्पताल खोज्दै काठमाण्डौबाट बागलुङ

बागलुङ । अक्सर बिरामीहरु सफल उपचार पाईने आसामा जिल्ला–जिल्लाबाट राजधानीका सुविधा सम्पन्न अस्पतालमा जाने गर्छन् । उपचारको लागि पर्याप्त पूर्वाधार भएको कारण पनि उपचार...

माओवादीले सरकारकाे समर्थन फिर्ता लिएकाे पत्र संसद सचिवालयमा बुझायाे

काठमाडाैं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा...

सीपसँग टाढिँदै गएको शिक्षा

शिक्षा मानवको समग्र विकासको मेरुदण्ड भएकाले यसको सर्वसुलभता हरेक राज्यले जोड दिएको हुन्छ । हाम्रो सन्दर्भमा शिक्षा नीति पनि समयअनुसार परिवर्तन हँुदै आएको छ...

विपक्षी दल एकठाउँ उभ्याउँदै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीलाई विश्वास मत नदिन विपक्षी दललाई एकठाउँ उभ्याउने नीति लिएको छ । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमार्फत मंगलबार कांग्रेसले...

म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

लन्डन । इग्लिस क्लब म्यान्चेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार बिहान भएको सेमिफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको...

साताका लोकप्रिय समाचार

भाेलि देखि बेलुका पसल खाेल्न नपाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले भोलिदेखि निषेधाज्ञामा थप कडाइ गर्ने जनाएको छ । आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बैठकले सरकारी र...

जनकपुरमा २१ गतेदेखी निषेधाज्ञा

जनकपुरधाम । कोभिड १९को नयाँ भेरियन्टको संक्रमण जनकपुरधाममा बढ्दै गएको बेला जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख २१ देखि निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्लामा...

दाजु, भाउजु निदाइरहेकाे बेला ढाेकामा चुकुल लगाए अनि आगो लगाएर भागे

लमजुङ । आफन्तजन घरभित्र सुतिरहेको बेलामा रातको समयमा घरमा आगो लगाई भागेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लमजुङ दुधपोखरी गउँपालिका– १...

नेपालले इराकसँग जेठ १५ मा मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपालले जेठमा इराकसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । इराकको बास्रा अन्तर्राष्ट्रिय रंगशालामा हुने मैत्रीपूर्ण...

लिभरपुलको मैदानमा समर्थकको प्रदर्शन, खेल अवरुद्ध

लन्डन । इङ्लिस प्रिमियर लिगको म्यानचेष्टर युनाइटेडका समर्थकहरुले गएराती लिभरपुल विरुद्ध खेल सुरु हुनु अगावै मैदानभित्र पसेर आफ्नो क्लबका मालिक ग्लेजर परिवारविरुद्ध नाराबाजी गरेका...

ट्रेन्डिङ

पशुपतिनाथ मन्दिर खुल्यो, पूजापाठ र भजनकीर्तिन गर्न नपाइने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो क्षमासहितको पूजा गरेपछि आजबाट सर्वसाधारणका लागि पशुपतिनाथ मन्दिर खुला गरिएको छ । मन्दिर स्वास्थ्य सतर्कता अपनाएर खुला गरिएको...

दशौं कोइरालाफाँट रनिङ कप फुटबल प्रतियोगिता शुरु

लमजुङ । लमजुङमा दशौं कोइरालाफाँट रनिङ कप फुटबल प्रतियोगिता शुरु भएको छ । सुन्दरबजार नगरपालिका– १० को कोइरालाफाँटमा आयोजना गरिएको उक्त प्रतियोगिताको सोही वडाका...

भ्रष्ट सरकार बिरुद्ध फेरि एकपटक आन्दोलन गर्नुपर्छ : उपेन्द्र यादब

सप्तरी, राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा विद्यमान संकटको जड नै वर्तमान सरकार रहेको भन्दै यसका बिरुद्ध फेरी एक पटक...

अक्षय कुमार : फोब्सको सूचीमा १०० करोड कमाई गर्ने एक्ला भारतीय

मुम्बई । अमेरिकी बिज्नेस म्यागजिन फोब्सले सन २०२० मा सबै भन्दा धेरै कमाई गर्ने विश्वका एकसय जनाको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा...

काठमाडौंमा बर्डफ्लु, टर्की र हाँसमा भेटियो

काठमाडौँ । काठमाडौंमा टर्की र हाँसमा बर्डफ्लु देखिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड...

आन्तरिक उत्पादन बढेपछि विद्युत् आयात ३३ प्रतिशतले घट्यो

काठमाडौँ । देशभित्रै उत्पादनको मात्रा बढ्दै गएपछि चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कूल रु ६ अर्ब ६१ करोड बराबरको विद्युत् खरिद भएको छ...

जनताले दिएको जिम्मेवारी पूरा गर्न नदिइएपछि पुनः ताजा जनादेशः ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जनताले दिएको जिम्मेवारी पूरा गर्न नदिइएपछि पुनः ताजा जनादेशमा जान प्रतिनिधिसभा विघटन गरेको बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

‘तीज गीत गाएरै काठमाडौंमा घडेरी किनें’

काठमाडौं । गायिका राधिका हमाल पुनले यसपालिको तीजलाई एक दर्जन गीत रेकर्ड गराएकी छन् । दुई दर्शकदेखि तीज गीत गाउँदै आएकी गायिकाको हमालले विगतमा...

कांग्रेस १४औं महाधिवेशन: ‘निर्वाचन विकेन्द्रीकरण गरौं’

काठमाडौं । कोरोनाका कारण पछिल्लो पटक संशोधित कार्यतालिकामा पनि महाधिवेशन नहुने अवस्था बन्दै गएपछि कांग्रेस वृत्तमा महाधिवेशनलाई विकेन्द्रीकरण गर्न आवाज उठ्न थालेको छ । कांग्रेसले...

क्रिकेटर सन्दीप लामिछाने कोरोना संक्रमित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ । सन्दीपले सामाजिक संजालमा लेख्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका...

कोरोना संक्रमणबाट इटालीमा पछिल्लो २४ घण्टाभित्र ३६८ जनाको मृत्यु

रोम । इटालीमा आइतबार कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । विश्वभर ६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको कोरोनाको संक्रमण रोक्न युरोपेली...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)