आरजुको उम्मेदवारीविरुद्ध खडा भए क्षितिज


धनगढी । नेपाली काँग्रेस कैलालीको उम्मेदवारी सिफारिसमा नयाँ तरंग सिर्जना भएको छ । प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले कैलाली–क्षेत्र नम्बर ५ बाट आफ्नो उम्मेदवारी घोषणा गरेलगत्तै कैलालीकै महासमिति सदस्य क्षितिज भण्डारीले पनि उम्मेदवारी सिफारिसको लागि पार्टी कार्यालयमा निवेदन दिएका छन् ।

भण्डारीले आरजुलाई जबरजस्त रूपमा सर्वसम्मत उम्मेदवार बनाउने प्रपञ्च रचिएको र त्यसविरुद्ध पार्टी कार्यालयमा उम्मेदवारी दर्ता गराइएको बताएका छन् ।

उनले पार्टी कार्यालयमा उम्मेदवारीको लागि निवेदन दिएपछि प्रतिक्रिया दिँदै भने, ‘आज म आफू जन्मेको स्थान,स्कूल र क्याम्पस पढेको र ३० वर्ष प्रत्यक्ष राजनीति गरेको स्थानीय भएको कारण कैलाली क्षेत्र नम्बर ५ धनगढीबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको लागि विधिवत उम्मेदवारी दर्ता गर्दछु ।’

भण्डारीले ०७४ सालको निर्वाचनमा पनि आरजुविरुद्ध प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएका थिए । त्यतिबेला आगामी ०७९ मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा टिकट दिने शर्तमा उनको उम्मेदवारी फिर्ता गर्न लगाइएको थियो । देउवा परिवारले दिएको उक्त वचनसँग विश्वस्त भएका भण्डारी यस पटक पनि उम्मेदवारी नबन्ने सम्भावना रहेको बताइएको छ ।

स्रोतका अनुसार काँग्रेसको लोकतान्त्रिक चरित्र र पद्धतिलाई लत्त्याउँदै जिल्ला र क्षेत्रीय समितिले बालुवाटारको चर्को दबाबमा भण्डारीको नाम सिफारिस नगर्ने पक्का छ ।

तपाइको प्रतिक्रिया
(Visited 548 times, 1 visits today)

epaper

ताजा समाचार

करणी अभियोगमा संखुवासभाका पासाङ पक्राउ