काठमाडौं । फरक क्षेत्रमा योगदान दिएका व्यक्तिहरु सम्मानित भएका छन् । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को चौथो वर्षको अबसरमा काठमाडौंमा आयोजित कार्यक्रममा वाईल्ड लाईफ फोटोग्राफर चुङ्वा शेर्पा, बागमति सफाई महाअभियानको संयोजक डा. माला खरेल, लङ लाईन रेस्क्यू गर्ने पहिलो नेपाली महिला फुन्जो ज्याङ्मु लामा, गीतकार पुरुषोत्तम सानु समीर खान, अधिवक्ता हरी वहादुर कार्की, गायक ओम सुनारलगायतलाई सम्मान गरियो ।
उनीहरुले आफ्नो क्षेत्रमा अतुलनीय योगदान पु¥याएकाले सम्मान गरिएको पिम नेपालका अध्यक्ष माधव खरेलले बताए । संस्थाकी महासचिव कमला जोशीले पिमले गरेको कार्यक्रममा ’bout प्रकाश पारिन् ।
कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराज श्रेष्ठले नेपाली कला संस्कृतिको विकाशमा सबैले आफ्नो तर्फबाट योगदान दिन आग्रह गरे ।
नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठन (फावन)को साधारण सभा पनि सोही क्रममा आयोजना गरियो । कार्यक्रममा फावनको विभिन्न पदमा श्रष्टाहरुलाई चनय गरियो ।
कार्यक्रममा गीतकार डब्बु क्षत्रीलाई फावनको सल्लाहकारमा नियुक्त गरियो । मन्त्री जीवनराम श्रेष्ठले उनी सहित अन्य व्यक्तिहरुलाई प्रमापणपत्र प्रदान गरे । कार्यक्रममा अभिनेता गजित विष्ट, निर्देशक ऋषि लामिछने, संगीतकार दिपक शर्मा, गायिका सुजाता केसीलाई फावनको मानार्थ सदस्य प्रदान गरियो । सोही क्रममा चलचित्र विकास वोर्डका अर्काईभिष्ट चिरञ्जिवी गुरागाईलाई सल्लाहकार सदस्य, चलचित्र पत्रकार संघका उपाध्यक्ष जीवन पराजुलीलाई प्रेस सल्लाहकार तथा गायक पुर्ण राई, मोडल अभिनेता सागर घिसिङ तामाङ र कोरियोग्राफर अजय स्याङ्तानलाई सदस्यतताको प्रमाण पत्र प्रदान गरियो । कार्यक्रम आयोजक संजीव श्रेष्ठले यो प्रतियोगिता जापानमा पनि सम्पन्न गर्ने घोषणा सो कार्यक्रममा गरे ।






