शिवराजमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले गर्भवती र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।गर्भवती तथा सुत्केरी महिलाहरूलाई सहज बनाउने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य संस्था(वर्थिङ सेन्टर) वाट भैरहवा,बुटवल र तौलिहवा रिफर भएमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने नगरप्रमुख अजय थापाले बताए ।

‘वार्थिङ सेन्टरमा सुत्केरी रिफर भएमा नगरको एम्बुलेन्सले निःशुल्क सेवा दिने छ, थापाले भन्नुभयो, ‘स्वास्थ्य संवेदनशील विषय हो यसमा नगरपालिका उत्तरदायी छ, ।’

शिवराज नगरपालिकामा अहिले ४ वटा एम्बुलेन्स छ । प्रदेश सरकार मार्फत एउटा,भारतीय दुतवास मार्फत एउटा र दुई वटा एम्बुलेन्स खरिद गरेको छ । शिवराज नगरपालिका १ शिवपुर वार्थिङ सेन्टर एउटा,चनइ वार्थिङ सेन्टरमा एउटा, शिवगढी वार्थिङ सेन्टरमा एउटा र आधारभूत अस्पताल चन्दौटामा एउटा एम्बुलेन्स राखिएको छ । वडावासी महिलाहरू गर्भवती तथा सुत्केरी अवस्था रिफर भएमा निःशुल्क सेवा दिने शिवराज नगरपालिकाकि उपप्रमुख शिवकुमारी थारुले बताइन।

निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरी नगवासिको स्वास्थ्य क्षेत्रमा पालिका संवेदनशील बनेको स्थानीयहरूको भनाई छ । केही समय पहिला सम्म नगरमा एम्बुलेन्स नहुँदा धेरै समस्या थियो अहिले नगरले यसरी निःशुल्क सेवा दिने निर्णय गरेकोमा खुसी भएको स्थानीय बताउँछन ।

तपाइको प्रतिक्रिया
(Visited 294 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहिता उल्लंघन गरे उम्मेदवारी नै रद्द : आयोग