डविङ आर्टिस्ट चलचित्र ‘गोर्खा वारियर’मा

काठमाडौं । यस अघि ‘गोर्खा वारियर २’ को नामले निर्माण भएको चलचित्र अब ‘गोर्खा वारियर’को नाममा दर्शकमाझ आउने भएको छ ।

यो चलचित्रका निर्माता निर्देशक मिलन चाम्सले गोर्खा वारियरको रुपमा यसलाई रिलिज गर्ने र गोर्खा वारियर २ अर्को वर्ष निर्माण गर्ने बताएका छन् । उनका अनुसार यो चलचित्र अब सन २०२३ को अप्रिलमा विश्वव्यापी रिलिज हुने छ । यो फिल्म नेपाल र अँग्रेजी दुबै भाषामा रिलिज गर्ने तयारीमा आफु रहेको उनले बताएका छन्।

नेपाली चलचित्र ‘गोर्खा वारियर’को यतीबेला लन्डनमा स्वराँकन भईरहेको छ । हलिउडका लोकप्रिय डविङ कलाकार क्रिस्टोफर केन्टले यो चलचित्र को टिजर र ट्रेलर मा स्वराँकन गरेका छन् । जेम्स बोन्डको फिल्म नो टाईम टु डाई, फ्रोजन २, आर्टिमिस फल हलिउडका चर्चित फिल्म तथा सैयौं टिभिसी, डक्युमेन्ट्रीमा आवाज दिईसकेका डबिंग आर्टिस्टले बेलायतको लन्डन स्टुडियोमा फिल्म गोर्खा वारियरको स्वराँकन गरेका हुन् ।

चलचित्रको मुख्य नायकमो रितेश चाम्स छन् । निकै लामो तयारी पश्चात रितेशले यो चलचित्रबाट नेपाली फिल्म उधोगमा नायकको रुपमा डेब्यु गर्दैछन् । रितेशसँगै गोर्खा वारियरमा बिजय लामा, रेविका गुरुङ, रियर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, बिरूप घले, सारा राई, लगायतकाकलाकारको मुख्य भूमिका रहेको छ ।

नेपाल, भारत, मलेशिया लगायतका देशमा छायाँकन भएको यो फिल्मलाई नेपालसँगै विश्वव्यापी रुपमा एकसाथ रिलिज गर्ने निर्देशक मिलन चाम्सले जानकारी गराएका छन् ।

गोर्खा वारियरमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ ।

गोर्खा सैनिकले विश्व युद्धमा गरेको सँघर्ष र सफलताको कथामा यो चलचित्र निर्माण भईरहेको छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुस्मिता वाइवा, कार्याकारी निर्मातामा प्रशान्त थापा र सहनिर्माताको रुपमा सुरेश राई छन् ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेबाट इटहरी र धरानमा मेयर–उपमेयरको नाम सिफारिस