छिमेकी चासो गठबन्धनका लागि गलपासो

चिनियाँ भ्रमण टोली प्रमुख तथा चीनको नेसनल पिपल्स कंग्रेसको स्थायी समिति अध्यक्ष ली चान्सुले सत्तागठबन्धनका शीर्ष नेताहरूसँग ‘एक चीन नीति’प्रतिको प्रतिबद्धता चाहेपछि यसले नेताहरूमा थप समस्या निम्त्याएको छ । छिमेकी देशहरूले बारम्बार प्रतिबद्धता चाहेपछि नेपाली नेताहरू कता दौडिइरहेका छन् भन्ने चिन्ताजनक प्रश्न जनतस्तरसम्म उब्जन पुगेको छ । संसद्बाट एमसीसी पारित भएसँगै अमेरिकी गतिविधिमा तीव्रता आइरहेका बेला घोषित वा अघोषित रूपमा उत्तरी तथा दक्षिणी छिमेकीहरू केही आत्तिने गरिरहेका छन् । यसैबेलाको नेपाल भ्रमणका क्रममा चिनियाँ नेता ली चान्सुले पनि चीनप्रतिको नेपालको धारणा दोहो¥याउन नेपाली नेताहरूसँग बारम्बार प्रश्न गरिरहेका थिए । नेपाल भ्रमण गर्नेहरूमा सन् २०१९ मा भ्रमण गरेका चिनियाँ राष्ट्रपति सी चिन फिङपछिका सबैभन्दा वरिष्ठ नेता चान्सुले चीनले आप्mनो सुरक्षाका लागि नेपालबाट उत्पन्न हुन सक्ने खतरा आँकलन गर्दै सो प्रश्न उठाउने गरिरहेको विश्लेषकहरूको भनाइ रहेको छ । नेपालले पछिल्लो समयमा भनेको जस्तो र चाहिएको जस्तो कूटनीतिक चालबाजी अपनाउन नसक्दा निम्तिएको परिणामले देश विदेशी महाशक्तिहरूको गम्भीर रणनीतिक चासोको स्थान बन्न पुगेको छ ।

यसअघिको चिनियाँ विदेशमन्त्री वाङ यी सम्मिलित चिनियाँ टोलीले पनि यसैगरी एक चीन नीतिका ’boutमा प्रस्टता चाहेको थियो । दलका शीर्ष नेताहरूले अहिले चान्सुलाई दिएको जवाफझैं एक चीन नीतिका ’boutमा आपूmहरू दृढ रहेको बताएका थिए । त्यसैगरी, चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियान्छाओले पनि नेपाल भ्रमणका क्रममा चिनियाँ सुरक्षा मामिलालाई लिएर गम्भीर चासो व्यक्त गरेका थिए । नेपाली नेताहरूबाट उही प्रतिबद्धता जाहेर भएको थियो । तर, व्यवहारमा कुरा त्यति सजिलो छैन । संसद्बाट एमसीसी पारित गरिसकेको सन्दर्भ र अमेरिकाले नेपाललाई ‘अलाइ नेसन’का रूपमा सम्बोधन गरिसकेकाले नेपाल तथा नेपाली लिडरहरूलाई लिएर चीन तथा भारत निकै सतर्क छन् । बहाना अरू हुन सक्लान् पनि, तर चीन र भारतले नेपालको सन्दर्भमा नयाँ नयाँ कूटनीतिक व्यवहार प्रयोग र प्रदर्शन गर्दै आएका छन् । तर, नेपाली नेताहरूमा कूटनीतिक आचार व्यवहारको कमीले हो वा अज्ञानताको कारणले हो, महाशक्तिहरूको ‘प्रेसर’ थेग्न सक्नेगरी सोच बनाएको देखिँदैन । ‘जे पर्ला, उही टर्ला’ भन्ने सोचले नेताले धानी खानसक्ने भने देखिँदैन ।

नेपालमा अहिले त्रिशक्तिको चासो निकै बढ्दो छ । नेपालमा अमेरिकी गतिविधि बढ्दै गइरहेको सन्दर्भमा चीनले नेपालसँग खुलेरै एक चीनप्रतिको प्रतिबद्धता बारम्बार चाहिरहेको छ । भारतको ‘बिप्पा’, चीनको ‘ओबीओआर’ र अमेरिकाको ‘एमसीसी’ अनुमोदन गरिसकेपछि त्रिशक्ति लगानी र चासो बढ्ने वातावरण स्वभावैले बढ्न गएको छ । तर, नेपालका नेताहरू यस प्रकारको अन्तर्राष्ट्रिय चासोको उचित व्यवस्थापन गर्न सक्षम होलान् कि नहोलान् भन्ने प्रश्न गम्भीर रूपमा उठ्न गएको छ । यसमा एक त वैदेशिक शक्ति केन्द्रहरूको चलखेलले समस्या सिर्जना गरिरहेको छ भने अर्कोतिर नेपाली नेताहरूको पदलोलुप प्रवृत्ति र दलाल मानसिकताले कुरा अझ गम्भीर बनाउन पुगेको छ । राष्ट्रिय स्वाभिमान गौण हुन पुग्नुले नेपालीजनका माझमा नेपालप्रतिको नेपाली नेताहरूको प्रतिबद्धताको खोजी गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 359 times, 1 visits today)

epaper

ताजा समाचार

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्ग सम्झौताका लागि छलफल अन्तिम चरणमा