काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट कोरोनाको उद्गमस्थल चीनमा भन्दा इटालीमा मृत्यु हुनेको संख्या बढी भएको छ । शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट विश्वभर १० हजार ३५ जनाले ज्यान गुमाउँदा इटालीमा ३४ सय पाँच जना पुगेको छ । बिहीबार एकैदिन इटालीमा ४ सय २७ जनाले ज्यान गुमाएका छन् । चीनमा अहिलेसम्म कोरोनाबाट ३२ सय ४९ जनाको मात्रै ज्यान गएको छ ।
इटाली सरकारले १२ मार्चदेखि सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको छ । तर, संक्रमणका कारण हुने मृत्युदर भने घटेको छैन ।
तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)






