४१ रक्तदातालाई प्रमाणपत्र

चापागाउँ (ललितपुर) । बढ्दो डेंगु प्रकोप मध्यनजर गर्दै रक्तदान गरेका ४१ दातालाई प्रमाणपत्र प्रदान गरिएको छ ।

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघले यसपटक डेंगुकेन्द्रित रक्तदान कार्यक्रम गरेको ललितपुर जिल्ला अध्यक्ष हेराकाजी देशारले जानकारी दिए । डेंगु प्रकोपका बेला रगतको भूमिका महत्वपूर्ण रहने भएकाले रक्तदाताप्रति उनले आभारसमेत प्रकट गरे ।

चापागाउँस्थित देशार समाज तथा ज्योतिदय संघको सहयोगमा सोमबार सम्पन्न कार्यक्रममा पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य उदयशमशेर राणा, गोदावरी नगरप्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, ११ वडा अध्यक्ष निलबहादुर देशारलगायतले रक्तदान गरेका थिए ।

संघले दसैं–तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा प्रत्येक वर्ष रक्तदान आयोजना गर्दैै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 336 times, 1 visits today)

epaper

ताजा समाचार

२६ जेष्ठ २०८३