नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सब ९ मंसिरबाट

काठमाडौं । कोरोनाको कारण बिगत चार वर्ष देखि हुन नसकेको नेपाल अन्तराष्ट्रिय नाट्य महोत्सब अब हुने भएको छ । आयोजक संस्था मण्डला थिएटरले सोमबार पत्रकार भेटघाट आयोजना गर्दै सो महोत्सब’bout जानकारी गराएको हो । दुई वर्षको अन्तरालमा हुने यो महोत्सबको तयारीमा आफुहरु जुटेको आयोजक पक्षले जनाएको छ ।

दोश्रो संस्करणको यो महोत्सब ९ मंसिरबाट १७ मँसिरसम्म हुने आयोजक संस्था मण्डला थिएटरका अध्यक्ष एवम् अभिनेता दयाहाङ राईले बताए,‘चार वर्ष अघि नै यो महोत्सब गर्ने तयारी हुँदँ हुँदै कोरोनाको लहर सुरु भएपछि दोश्रो संस्करणको महोत्सब रोकिएका थियो । अब भने यो महोत्सब हुने भएको छ ।’

‘सामाजिक रुपान्तरणका लागि रगमञ्च, विविधताको उत्सव’ नारा सहित आयोजना गर्न लागिएको यो महोत्सबले सुस्ताएको नेपाली नाटक बृत्तमा उर्जा ल्याउने पनि दयाहाङले बताए । उनका अनुसार यो अन्तराष्ट्रिय नाट्य महोत्सवमा १६ देशका २३ नाटक मञ्चन हुने भएको छ । ती नाटकहरु चयन भईसकेको पनि उनले बताएका छन्,‘ यस पटक महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलँका, अमेरिका, बेलायत, रुस, स्पेन, इटाली, आर्मेनिया, अर्जेन्टिना, इजिप्ट, उरुग्वे, नाइजेरिया र बेलारुसका २३ नाटक मञ्चन गरिने भएको छ । जसमध्य नेपालबाट ६ वटा नाटक मञ्चन हुँदैछन् ।’

यो महोत्सबको अनुमानित खर्च डेढ करोड रुपैयाँ लाग्ने आयोजक पक्षको कथन छ । यो महोत्सबका लागि बिदेशबाट २०० भन्दा बढी कलाकारहरुलाई आयोजककै खर्चमा नेपाल ल्याएर महोत्सब गर्नु पर्ने भएकाले पनि यती धेरै खर्च लाग्ने पत्रकार भेटघाटका क्रममा बताईयो । यो महोत्सब नौ दिनसम्म चल्ने भएको छ । महोत्सबमा भारत, उरुग्वे, कम्बोडिया लगायतका मुलुकबाट आएका कलाकार तथा अभियन्ताले कार्यशाला र तालिम सञ्चालन गर्ने पनि जानकारी गरभएका छन् ।

नाट्यकर्मी अनुप बरालले यस्तो अबस्थामा पनि मण्डला थिएटरले अन्तराष्ट्रिय नाटक महोत्सबलाई निरन्तता दिएर निकै राम्रो काम गर्न लागेको बताए । महोत्सब सफल पार्न सरकारी क्षेत्रको पनि त्यत्तिकै सहयोग हुनु पर्ने उनको सुझाब थियो ।

महोत्सब संयोजक विजया कार्कीले महोत्सबलाई सफल पार्न आफुहरुले कुनैपनि कसर बाँकी नराख्ने बताएकी छन् । महोत्सबको तयारीमा आफुहरु जुटिसकेको पनि उनको कथन थियो ।

तपाइको प्रतिक्रिया
(Visited 154 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजदूत अनुमोदन अन्योलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
युवा नेतृत्व छनौटमा नेकपा एमाले, सुनसरीबाट कार्की सिफारिस