मकालु एड्भेन्चरको यति माउन्टेनबाईक रेस सम्पन्न

काठमाडौं । मकालु एड्भेन्चर प्रालिले यति माउन्टेनबाईक रेस सम्पन्न गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा मकालु एड्भेन्चरले आयोजना गरेको सो माउन्टेनबाकईक रेसमा स्पेनका आठ जनाको टोली सहभागी भएका थिए ।

संसारकै उत्कृष्ट र आकर्षक पदयात्रा मार्ग अन्नपूर्ण पदयात्रा सर्किटको बेसिशहरदेखि मनाङ–मुक्तिनाथ हुँदै म्याग्दीको बेनीसम्म गत १९ देखि २५ सेक्टेम्वरमा भएको सो माउन्टेनबाईक रेस छैठौं पटकको हो ।

यसभन्दा अघि नेपालका विभिन्न ठाउँमा पाँचपटक सम्म यस्तै माउन्टेनबाईक रेस आयोजना गरिएको मकालु एड्भेन्चर प्रालिका प्रवन्ध निर्देशक तथा नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालले जानकारि दिए ।

उनले नेपालको यस्ता पर्यटकीय गतिविधीलाई संसारभरका पर्यटकमाझ पु-याएर यो यति माउन्टेनबाईक रेस प्रतियोगिताको आकर्षण विश्वव्यापी बनाउन यस्तो कार्यक्रम आयोजना गरिएको बताए । उनले आगामी दिनमा यो यति माउन्टेनबाईक रेसलाई थप आकर्षक बनाएर अघिबढ्ने लक्ष्य लिएको बताए ।

यति माउन्टेनबाईक रेसमा सहभागी भई काठमाडौ आइपुगेका स्पनका राइडरहरुलाई मेडल सहित सम्मान गरिएको थियो । सो कार्यक्रममा काठमाडौ उपत्यका पर्यटन कार्यालयका प्रमुख टंक भट्टराई, नेपाल पर्यटन बोर्डका अधिकृत कुन्दन मिश्र, यति माउन्टेनबाकईक रेस कार्यक्रममा व्यवस्थापक शिव भण्डारी लगायतले मकालु एड्भेन्चरद्धारा आयोजित यो कार्यक्रम नेपालको पर्यटन पर्वद्धनकालागि निकै उपलब्धीमुलक र फलदायी हुने बताएका थिए ।

उनीहरुले यस्तो कार्यक्रम अन्य व्यवसायी तथा सरोकारवालाहरुकालागि एकदमै उदाहरणीय भएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९