रेबिज समस्या समाधानको उत्तम कार्यविधि

हजोका रणनीति
विगतमा नगरपालिकाहरूले विभिन्न विधि प्रयोग गरी कुकुरका बथान मार्ने अभियान सञ्चालन गर्दै आएका हुन् । करिब १ सय ६० कुकुर प्रतिदिन र करिब ५० हजार प्रतिवर्ष मारिए । लाखौं भाले पोथी बच्चा स्याहार्दै गरेका गर्भिणी छाउरा छाउरी समात्दै मार्ने गरिन्थ्यो । जुन आज पनि प्रचलनमा छ । तर पनि कुकुरको संख्या बढ्ने क्रम जारी छ । कुकुरको टोकाइका घटना बढ्ने क्रम जारी छ र रेबिजका कारण मृत्यु बढ्ने क्रम जारी छ ।

कुकुरका बथान मार्ने अभियान किन असफल भए ?
प्रत्येकपटक जति कुकुर मा-यो, त्यतिकै कुकुर त्यस ठाउँमा बसाइ सर्न आउने अव्यवस्थित सहरी फोहोरमैला व्यस्थापनका कारण रछ्यानको खाना सुलभ उपलब्ध हुने हुँदा छेउछाउका कुकुर सहरतिर पलायन हुने । भारतका प्रमुख बैंगलोर, दिल्ली, मुम्बई चेन्नइ, कोलकाता, जयपुर, भिसाखापट्टम, गोआ, सिकन्दरावाद, हैदरावाद, पुणे, मैसुर हुँदै मंगलोर र हुबलीमा यस्तो स्थिति छ । यस्तो स्थिति चीनमा पनि छ । हाम्रा सहर के फरक होलान् ?

कुकुरले किन टोक्छ ?
ऋतुकालको समय प्रजनन क्रीडाका लागि पोथी कुकुरसँग संसर्गित हुन भाले कुकुरहरूबीच हुने प्रतिद्वन्द्विताका कारण कुकुरले मानिस टोक्ने गर्छ् । धेरै भाले कुकुरले पच्छ्याउँदा पोथी कुकुर रिसाउने हुँदा पनि पोथी कुकुरले टोक्न सक्छ । कुकुरले आप्mना बच्चालाई दुध चुसाइरहेको बेला, सुतेको बेला अथवा खाना खाइरहेको बेला जिस्क्याउन चलाउने गर्दा पनि टोक्न सक्छ । कुकुरलाई अनावश्यक रूपमा उचाल्ने र पछार्ने तथा घिसार्ने गरेमा रिसले टोक्न सक्छ ।

कुकुरको जन्मदर नियन्त्रण :

सामुदायिक कुकुरको संख्याका ७० प्रतिशतलाई बन्ध्याकरण गरी संख्या नियन्त्रण गरेर यिनको संख्या स्थिर रहन्छ । विश्व स्वास्थ्य संगठनले खासगरी एसियाली मुलुकका लागि सिफारिस गरेको छ ।

कुकुरले आफ्ना बच्चालाई दुध चुसाइरहेको बेला, सुतेको बेला अथवा खाना खाइरहेको बेला जिस्क्याउने चलाउने गर्दा पनि टोक्न सक्छ

एन्टी रेबिज खोपः
विश्व स्वास्थ्य संगठनका अनुसार सामुदायिक कुकुरको संख्याको ७० प्रतिशतलाई एन्टी रेबिज खोप लगाउने हो भने रेबिजबाट हुने मृत्यु न्यून हुन्छ । सामुदायिक कुकुरको संख्यालाई एन्टी रेबिज खोप लगाउनु भनेको रेबिज उन्मूलनको किफायत रणनीति मानिन्छ । मानिसमा रेबिज रोग निर्मूल पार्न कुकुरको रेबिज रोग नियन्त्रण जरुरी छ । सामुदायिक कुकुरको संख्यालाई एन्टी रेबिज खोप लगाउनु भनेको रेबिज रोग निर्मूल गर्ने लक्ष्य हासिल गर्न किफायती रणनीति मानिन्छ ।

यो नै मानिसमा रेबिज रोगको एउटै दीर्घकालीन समाधान पनि । कुकुरमा जन्मदर नियन्त्रण र एन्टी रेबिज खोप कार्यक्रमको निम्न उपयोगिता कार्यक्रम सञ्चालन भएका सहरहरूमा देखिएका छन् : जसअनुसार सामुदायिक कुकुरको संख्या घटेको, कुकुरको टोकाइका घटनाक्रम भएको, रेबिजका कारण हुने मृत्यु कम भएको, कुकुरमा जन्मदर नियन्त्रण भएको, आप्mनो पुरानो ठाउँमा पुनस्थार्पित कुकुरले नयाँ कुकुरलाई आप्mनो क्षेत्रमा आउन नदिएको देखिन्छ । स्थानीय जनसमुदायसँग परिचित सहज रूपमा घुलमिल हुने, मुसाजन्य जीवको संख्या नियन्त्रण, आप्mनो टोलको सुरक्षा गर्ने टोलको कुकुरहरूको औसत आयु ४÷५ वर्ष मात्र हुन्छ ।

अन्यत्रका सफलताका कथा
जयपुरमा सन् १९४ मा कुकुरको संख्या तथा रेबिज रोगको खोप कार्यक्रम सञ्चालन गर्दा जनसमुदाय, सञ्चारकर्मी, स्थानीय निकायबाट कुनै अवरोध नहुँदा देखिएका परिणाम निम्न छन् : विगत ४ वर्षमा रेबिजका कारण मानिसको मृत्यु नभएको र सन् १९९४ मा २ हजार ५ सय कुकुरको टोकाइमा परेकामा सन् २००१ मा घटेर १ सय मात्र रहन पुगेको छ । स्थानीय निकायसँग सहकार्य गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अग्रसरताका कारण सामुदायिक कुकुरको संख्या घटेको, कुकुरको टोकाइका घटना कम भएको र रेबिजका कारण हुने मृत्यु हुनेको संख्यामा कमी आएको छ ।

अब गर्नुपर्ने काम
सहरी फोहोरमैलाको उचित एवं वैज्ञानिक व्यवस्थापन, कुकुरको संख्या नियन्त्रण कार्यमा सहयोग तथा जनसहभागिता गराउन सचेतनामूलक कार्य सञ्चालन गर्ने, जनमानसमा रहेका अज्ञात तथा गलत सूचना प्रवाह तथा भ्रम न्यून गर्न र कुकुर दर्ता तथा एन्टिरेबिज खोप अनिवार्य तथा अभियानका रूपमा सञ्चालन गर्ने गराउने आदि रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 427 times, 1 visits today)

epaper

ताजा समाचार

लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो