सुखी हुनु छैन मलाई भन्दै आए केदार

काठमाडौं । गीतकार केदार पनेरुले आफ्नो रचनामा नयाँ भिडियो ‘सुखी हुनु छैन मलाई…’को भिडियो दर्शकमाझ ल्याएका छन् । काठमाडौंमा एक समारोहबीच यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

यो गीतको मुख्य भूमिका अग्रज हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ रहेका छन् ।

कलाकार मदनकृष्णले आफुलाई मनपर्ने शैलीको सन्देशमुलक गीत भएका कारण यो गीतका भिडियोमा अभिनय गरेको कार्यक्रममा बताए । गीतलाई आफुले अभिनयबाट न्याय गर्न खोजेको पनि मदनकृष्णले प्रकाश पारे ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पूर्वसहसचिव रहेका पनेरूले मनावीय जीवनको कथामा केन्द्रित रहेर यो गीत लेखेका हुन् । कला साहित्य सृजनामा निरन्तरता दिँदै आएका पनेरुले यसपटक फरक शैलीको गीत ल्याएका हुन् ।

यो गीतमा कृति न्यौपानेले गीतमा संगीत सृजना गरेका हुन् । यो गीतलाई स्वरूपराज आचार्यले गाएका हुन् । पनेरूले मानिसको जीवनका सुखःदुःखका विभिन्न क्षणहरुलाई बोल्ने गरि गीत तयार पारेका छन् । गीतले समाजलाई रुपान्तरण गर्न सकोस् भन्ने आफ्नो सोँचले यो गीत ल्याएको पनेरुले भिडियो सार्वजनिक कार्यक्रममा बताए ।

यो गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठसँगै मञ्जु श्रेष्ठ, सुनिल बन्जाडे, स्विकृति मगराती, सुगम रेग्मी, अर्पणा श्रेष्ठ र प्रवेश खड्काको अभिनय रहेको छ । वसन्त सापकोटाले निर्देशन गरेको यो भिडियोमा दिनेश पराजुलीको छायांकन, राकेश दाहालको सम्पादन रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९