विजया दशमीका दिनभर टीका साइत

ललितपुर । विजयादशमी टीकाको उत्तम साइत बुधबार बिहान ११ बजेर ५१ मिनेट रहेको छ । सोही दिन बिहान १० बजेर ३४ मिनेटमा घटस्थापनाका दिन थापिएको देवी भगवती विसर्जन गरिने शुभसाइत छ ।

नेपाल पञ्चांग निर्णायक समिति सदस्य प्राडा देवमणि भट्टराईका अनुसार १९ असोजका दिन देवी विसर्जन गरिएपछि प्रसादस्वरूप टीकाजमरा लगाउने परम्परा छ । त्यस दिनभर नै टीका लगाउँदा राम्रो हुने भट्टराई बताउ“छन् । शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीकाप्रसाद ग्रहण गर्न साइत नचाहिने उनले बताए ।

विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद ग्रहण गर्न हुने मान्यता भए पनि स्थानअनुसार फरकफरक छ । यसअघि १७ असोज सोमबार महाअष्टमी र त्यसैदिन राति कालरात्रि पूजा गर्नुपर्ने पनि समितिले जनाएको छ । १८ असोज मंगलबार महानवमी परेको छ ।

यसपालि एउटा तिथि टुटेकाले १४ दिनको दसैं रहेको छ । द्वादशी र त्रयोदशी २१ असोजमै परेको छ । १० असोज सोमबार घरघरमा जमरा राखेर सुरु दसैं २३ असोजमा पर्ने कोजाग्रत पूर्णिमाका दिनबाट सकिनेछ

तपाइको प्रतिक्रिया
(Visited 121 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देही १ बाट एमालेका छविलाल विश्वकर्मा निर्वाचित, घनश्याम भूसाल पराजित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९