तुलसीपुर । दाङमा छुट्टा छुट्टै दुर्घटनामा परेर दुईजना शसस्त्र प्रहरी सहित ३ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर ३ मुसरियामा शुक्रबार राति करिव १० बजेतिर भएको लु ४० प ४९२२ नम्बरको मोटरसाईकल दुर्घटनामासशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर भालुवाङका कार्यरत दुवै जना सशस्त्र प्रहरीको मृत्युु भएको हो ।
मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ६ का सुलेश चौधरी र लमही नगरपालिका १ का लहानु चौधरी रहेका छन् । दुर्घटनामा परी लहानुको घटनास्थलमै र सुलेशको उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर भालुवाङका सशस्त्र प्रहरी उपरीक्षक बिनोद केसीले जानकारी दिए ।
शसस्त्र प्रहरी जवान देउखुरी क्षेत्रका विभिन्न ठाउँमा डुबानमा परेका स्थानीयलाई उद्धार गरेर गणमा फर्किने क्रममा दुर्घटनामा परेको गण प्रमुख एसपी केसीले बताए । त्यसैरी पश्चिम दाङमा कुटपिटबाट घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाँउपालिका ४ बैबाङ निवासी ४१ वर्षीय बरन्तु चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिए । कुटपिटबाट घाइते चौंैधरीको उपचारका क्रममा कोहलपुरमा शुक्रबार मृत्यु भएको हो ।
दशै टिकाको दिन बारीमा पानी लगाउने विषयलाई लिएर बिवाद हुँदा सोही ठाउँका ४० बर्षका शेखर चौधरीको फरुवा प्रहारबाट बरन्तु घाइते भएका थिए । आरोपीलाई नियन्त्रनमा लिएर आवस्यक अनुसन्धान गरीरहेको प्रहरीले बताएको छ ।






