कालिकोट । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका –४ राँचुली गाउँमा मलामी गएका १३ जना बेपत्ता भएका छन् । शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामीमा तिला नदी गएका वडाअध्यक्ष परबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर शाही सहित १३ जना सम्पर्कमा नआएको राँचुलीकी स्थानीय निर्मला शाहीले जानकारी दिइन् ।
राँचुलीमा मलामी गएकाहरु बेपत्ता भएको खबर आएको र आफूहरु यस’bout अनुसन्धानमा लागेको र प्रहरी टोलि पठाएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । उनका अनुसार १३ जनालाई पहिरोले लगेर तिला नदिमा मिसाइएको बताए । अवको केहि समयमा मौसम रोकिएपछी खोजिकार्य हुने प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । सवैको नाम कटान भएको उनले जानकारी दिए ।
पहिरोमा परी बेपत्ता हुनेमा स्थानीय ६३ वर्षीय धनबहादुर शाही, ४० वर्षीय कालीबहादुर शाही, ३६ वर्षीय छत्रजंग शाही, २६ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धन शाही, ७६ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय मानबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५६ वर्षीय परमबहादुर शाही, २४ वर्षीय नरेश शाही र २३ वर्षीय प्रशान्त शाही रहेका छन् ।
यस्तै, राँचुली गाउँमाथिबाट आएको पहिरोले २०० घरपरिवार विस्थापित भएका छन् । उनीहरु सबै अहिले त्यहाँको कालिका माविमा बसिरहेका छन् ।






