सर्लाही । सर्लाहीको मलंगवा नगरपालि ४ मा रहेकाे शिवसागर चाेक स्थित मलंगवा-नवलपुर सडक खण्डमा मलंगवाबाट नवलपुरतर्फ जादै गरेको ना.१ झ १७०० नंम्बरको स्कारपियोको ठक्कर दिँदा अन्दाजी ४ वर्षिय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरपुर न.पा. १४ बस्ने हिरालाल मण्डलको छोरा निशान्त कुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।
स्कारपियोले बालकलाई ठक्कर दिँदा टाउ र शरिरको विभिन्न भागमा चोट लागेर गम्भिर घाईते भएका बालककाे उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा लगिएकाे थियाे । अस्पताल पुर्याए लगत्तै डक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बालकको शव अस्पतालमै रहेको छ भने ठक्कर दिने स्कारपियो र स्कारपियो चालक जिल्ला प्रहरी कार्यलय सर्लाहीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका सुचना अधिकृत बिजय यादवले जानकारी दिए ।
तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)






