प्रतिस्पर्धात्मक बन्दै चुनावी माहोल

निर्वाचनको दिन नजिकिँदै गर्दा उम्मेदवारहरूबीचको प्रतिस्पर्धात्मक माहोल निकै पेचिलो बनिरहेको छ । निर्णायक मत कहाँ जान्छ भन्ने अनुमान र आँकलनले त यसलाई झन् रमाइलो र काउकुती लाग्ने नै बनाउँदै लगिरहेको छ । अघिल्लो निर्वाचनमा एउटै पार्टीको झन्डामुनि एकताबद्ध भएर लडेको तत्कालीन नेकपा अहिले तीन पार्टीमा विभाजित भएको अवसरमा नेपाली कांग्रेसले फाइदा उठाउन भरमग्दुर प्रयास गरिरहेको छ । उता, सत्ता गठबन्धनको नेतृत्वकर्ताको हैसियतले पनि नेपाली कांग्रेस अबको दिनमा सरकार गठन गर्नसक्ने हैसियतमा पुग्न सकिन्छ कि भनी निरन्तर कसरत गरिरहेको छ । हालको सत्ता गठबन्धनको सिंगो र बलियो प्रतिपक्षका रूपमा नेकपा एमालेले आपूmलाई सार्वजनिक रूपमा नै प्रस्तुत गरिरहेको छ । यसले आप्mना उम्मेदवारहरूले अहिलेको निर्वाचनमा धेरै स्थानमा विजय प्राप्त गर्ने र एमालेको सरकार निर्माण हुने अपेक्षा व्यक्त गरिरहेको छ । जनतामा अहिले यिनै दाबी र प्रतिदाबीले दोलायमान अवस्था सिर्जना गरिरहेको छ । यसको अर्थ यो पनि हुन्छ कि, निर्णायक मत सत्तापक्ष वा प्रतिपक्ष कसले आपूmतिर ढल्काउन सक्ने हो, जित उसकै देखिन्छ ।

अहिले, दलहरूको वैचारिक टक्कर पनि देखिँदैन । घोषणापत्रको रस्साकस्सी पनि छैन । जनतामा सपना कसले कति बाँड्ने भन्ने होड पनि छैन । तर, जनतामा केही नयाँ कुरा दिन र गर्न सक्ने उम्मेदवारलाई भोट दिने हुटहुटी भने जगिसकेको छ । यसले जनतामा असल उम्मेदवार छान्ने सोचको विकास गराउन थालेको छ । चोक, चौतारी तथा चियापसलमा कुन उम्मेदवारलाई भोट दिने भन्ने छलफल चलेको देखिन्छ । तर, कुन पार्टीलाई भोट दिने भन्ने बहस चलेको चाहिँ देखिँदैन । यसले पनि पार्टीगत र वैचारिक छलफल गौण हुनगएको देखाउँछ । यो भनेको राजनीतिक दल तथा राजनीतिक प्रणालीप्रतिको विश्वासमा आएको कमीको संकेत हो । बहुदलीय राजनीतिक प्रणालीका लागि यस्तो अवस्था सिर्जना हुन पुग्नु विडम्बनाको कुरा हो । तर पनि, जनताको आशा र विश्वास प्रणालीप्रति अझै कमी भइसकेको देखिँदैन । यो सकारात्मक कुरा हो । सत्तापक्ष र विपक्षबाट कहिलेकाहीँ विरक्त हुँदा पनि जनता मतदान गर्ने र आप्mना उम्मेदवार छान्ने प्रक्रियाबाट बाहिर गएका छैनन् । बरु सत्तापक्ष र विपक्षीलाई सबक सिकाउँदै स्वतन्त्र उम्मेदवारहरूलाई भए पनि मतदान गरेर राजनीतिक प्रणालीको रक्षा गर्दै दलीय व्यवस्था र आवधिक निर्वाचनप्रति विश्वास जाहेर गरिरहेका छन् ।

निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको संख्यामा पनि वृद्धि हुनगएको छ । यो राम्रो कुरा हो । यसले पनि निर्वाचनप्रति जनताको आकर्षण बढाउने काम गरिरहेको छ । यसले जनता विद्रोह गरेर सडकमा उत्रने अवस्था सिर्जना हुन दिएको छैन । अर्कोतिर बूढा नेताहरूले युवाहरूलाई ‘वाकओभर’ दिने भनी जोडदार रूपमा आवाज आइरहँदा पनि प्रतिनिधिसभा र प्रदेशसभा गरी दुवै निर्वाचनमा सबै पार्टीका शीर्ष नेताहरू चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनको मैदानमा उत्रिएका शीर्ष नेताहरूमा प्रतिपक्षी दल एमालेका नेताहरू बढी सुरक्षित रहेको आँकलन सञ्चार बजारमा आउन थालिसकेको छ । देख्दा सत्तापक्षको गठबन्धन भए पनि एमालेले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, राप्रपा र बागी उम्मेदवारसँग तालमेल गरेकाले यो बढी बलियो हुँदै गएको चर्चा चल्न थालिसकेको छ । जेहोस्, निर्वाचन नजिकिँदै गर्दा चुनावी माहोल निकै प्रतिस्पर्धात्मक बन्दै गएको छ !

तपाइको प्रतिक्रिया
(Visited 328 times, 1 visits today)

epaper

ताजा समाचार

लुम्बिनीसँग हारेपछि विराटनगर प्लेअफबाट बाहिरियो