बैंकहरूमा थपियो निक्षेप

काठमाडौं । वाणिज्य बैंकमा पछिल्लो एक साता ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ भने असोज महिनामा मात्रै ३३ अर्ब निक्षेप थपिएको छ ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार असोज २१ गतेसम्म कुल ४५ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा २८ गतेसम्म ४५ खर्ब १९ अर्ब कायम भएको छ । यसअघि असोजको दोस्रो सातामा निक्षेप पनि ४५ खर्ब १९ अर्ब नै रहेको थियो ।

असोजको दोस्रो साता बढेको निक्षेप तेस्रो सातामा घटेको थियो भने चौथो सातामा पुनः निक्षेप वढेको छ । असोजको २८ दिनमा ३३ अर्ब रुपैयाँ निक्षेप थप भएको नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक रहेको छ ।

गत साता ८ अर्ब, असोजमा मात्रै ३३ अर्ब थपियो

कर्जा प्रवाहमा भने कुनै प्रगति नभएको देखिएको छ । भदौ मसान्तसम्म कुल ४१ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा असोजको २८ गतेसम्म आउँदा ३ अर्ब बढेर ४१ खर्ब ९३ अर्ब कायम भएको छ ।

भदौ मसान्तसम्म कुल ४१ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा असोजको २८ गतेसम्म आउँदा ३ अर्ब बढेर ४१ खर्ब ९३ अर्ब कायम भएको छ ।

असोज लागेयता भने वाणिज्य बैंकको कर्जा लगानी ३ अर्ब रुपैयाँले मात्रै बढेको छ । भदौ मसान्तमा ४१ खर्ब ९० अर्ब रहेको कर्जा ७ असोजमा ४१ खर्ब ९४ अर्ब र १४ असोजमा ४१ खर्ब ९७ अर्ब पुगेको थियो । त्यसपछि २१ असोजमा ४१ खर्ब ९३ अर्बमा झरेकोमा २८ असोजमा पनि ४१ खर्ब ९३ अर्ब नै रहेको बैंकर्स संघले जनाएको छ ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार गत साता ४३ खर्ब ९० अर्ब नेपाली मुद्रामा निक्षेप रहेकोमा यो सातामा ४४ खर्ब २ अर्ब निक्षेप पुगेको छ । नेपाली मुद्राको हिसाबले मात्र गत साता १२ अर्ब रुपैयाँ निक्षेप बढेको देखिन्छ । यद्यपि, विदेशी मुद्रामा भने निक्षेप घटेको छ । गत सातासम्म १ खर्ब १९ अर्ब रुपैयाँ विदेशी मुद्रामा निक्षेप रहेकोमा यो साता घटेर १ खर्ब १७ अर्बमा सीमित भएको छ ।

भाद्रको अन्तिम साता ४३ खर्ब ७४ अर्ब नेपाली मुद्रामा निक्षेप रहेको थियो । यो हिसाबले असोज महिनामा मात्र २८ अर्ब रुपैयाँ नेपलाी मुद्रामा निक्षेप भएको छ । असोजको पहिलो र दोस्रो सातासम्ममा नेपाली मुद्रामा निक्षेप ४४ खर्ब थियो । तेस्रो सातामा १० अर्बले घटेर ४३ खर्ब ९० अर्बमा सीमित भएको थियो । भाद्र मसान्तसम्म विदेशी मुद्रा १ खर्ब ११ अर्ब रहेकोमा यो दोस्रो र तेस्रो सातामा १ खर्ब १९ अर्ब भएको थियो । चौथो साता अर्थात् गत शुक्रबारसम्ममा यो १ खर्ब १७ अर्ब विदेशी मुद्रामा निक्षेप भएको नेपाल बैंकर्स संघको तथ्यांक छ ।

कर्जामा भने नेपाली मुद्रा र विदेशी मुद्रामा खासै फरक देखिएको छैन । गत साता पनि ४१ खर्ब ६३ अर्ब नेपाली मुद्रामा कर्जा रहेकोमा यो साता पनि सोही अंकमा कर्जा रहेको छ । विदेशी मुद्रामा ३० खर्बको ३० खर्ब नै कर्जा रहेको छ ।

भाद्रको अन्तिम साता ४१ खर्ब ६१ अर्ब रहेकोमा असोजको अन्तिम साता ४१ खर्ब ६३ अर्ब नेपाली मुद्रामा कर्जा रहेको छ भने भाद्रको अन्तिममा २९ अर्ब विदेशी मुद्रामा कर्जा रहेकोमा अहिले ३० अर्ब पुगेको छ ।

असोज २८ गतेसम्म वाणिज्य बैंकको औसत सीडी रेसियो घटेर ८६ दशमलव ९६ प्रतिशतमा झरेको छ । असोज २१ गतेसम्म सीडी रेसियो ८७ दशमलव २५ प्रतिशत थियो ।

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग अनुचित : अध्यक्ष ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९