बझाङ दुर्घटना : आमा छोरी र दाजु भाईको एकै चिहान

बझाङ । बझाङको मष्टा गाउँपालिका अन्तरगत पर्ने चिउरीमा जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा मष्टा गाँउपालिका वडा नम्बर २ का ८ बर्षिया सम्झना खड्का, एकै घरमा दाजु भाई १५ बर्षिया रोसन खड्का र प्रचण्ड खड्का, ३८ बर्षिया विरेन्द्र अधिकारी रहेका छन् ।

मष्टा गाउँपालिका वडा नम्बर ३ की २६ बर्षिया बसन्ती धामी कठायत र उनकी ७ महिनाकी छोरी दक्षिका कठायतको घटना स्थलमै मृत्यु भएको छ । यस्तै शुक्लाफाटा नगरपालिका वडा नम्बर ७ घर भै हाल बझाङ जिल्ला अन्तरगत पर्ने राष्ट्रिय बाणिज्य बैङ शाखा कार्यलय मष्टामा सेकुरेटि गार्डमा कार्यरत ४२ बर्षिया झरेन्द्र बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बझाङमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु १६ जना घाईते,३ जनाको अवस्था चिन्ताजनक

दुर्घटनामा परि १६ जना घाईते भएका छन् । घाईते मध्ये ३ जनाको नेपालगंज रेफर गरेको छ भने अन्य १३ जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय बझाङका कार्यलय प्रमुख प्रहरी नायब उपरिक्षक जागेश्वर भण्डारीले बताए । घाईते भएकाहरुको समेत सबैको पहिचाल खुलेको छ । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाईते भएका मष्टा गाउँपालिका २ का ५० बर्षीया सिन्की देवि भण्डारी,६३ बर्षिया मणि बहादुर सिहँ र १० बर्षिया विशाल खड्का रहेका छन् उनीहरुको टाउकोमा चोट रहेको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै घाइते हुनेहरूमा मष्टा गाउँपालिका–२ का ८ वर्षीय अमृत खड्का, सोही ठाउँकी १३ वर्षीय रोशनी धामी, मष्टा गाउँपालिका गाञ्जीका सिद्धबिर बुढा, मष्टा गाउँपालिका १ बस्ने ३२ वर्षीय राजेश रोकाया (गाडी चालक, साहु), ४ वर्षीय सिम्रन सिंह, ११ वर्षीया अम्बिका सिंह, मष्टा २ का ७ वर्षीय अनिष ओखेडा रहेका छन् । २५ वर्षीया कमला कठायत, २१ वर्षीय निन्दा ओखेडा, ३६ वर्षीय सन्तोष सिंह, मष्टा २ तीनगाउँका ७५ वर्षीय बीरबहादुर खड्का, २२ वर्षीया हेमन्ती सिंह, र २२ वर्षीय ईश्वर ओखेडा रहेका छन् ।

बुधबार जिल्ला सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सु.प प्र ०१–००१ च ०११७ नम्बरको जीप दुर्घटना भएको हो । जीप सडकबाट २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए । क्षमता भन्दा बढी यात्रु जोखीम र साँघुरो उकालो सडकका कारण जीप दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आज भन्दा झण्डै ३ बर्ष अघि सोही ठाउँ नजीकै जीप दुर्घटना हुँदा मष्टा गाउँपालिका वडा नम्बर १ का १० जनाको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 496 times, 1 visits today)

epaper

ताजा समाचार

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म