सुविधा नपाएको निर्माताहरुको गुनासो

dav

काठमाडौं । नेपाली चलचित्रलाई वेवस्ता गर्दै विदेशी चलचित्र प्रदर्शनलाई महत्वका साथ बढी हल दिने प्रवृति बिरुद्ध आफुहरु लडिरहने चलचित्र निर्माताहरुले बताएका छन् । राज्यले नेपाली चलचित्र क्षेत्रलाई राष्ट्रिय उधोगको मान्यता दिए पनि सरकारले त्यो अनुसारको सुविधा नदिएको पनि उनीहरुले बताएका छन् ।

चलचित्रकर्मीको संस्था परिवर्तन नेपालले बुधबार काठमाडौंमा नेपाल चलचित्र निर्माता संघका नयाँ पदाधिकारीको स्वागत ग¥यो । सोही कार्यक्रममा सम्बन्धित चलचित्रकर्मीहरुले यस्तो भनाई राखेका हुन् ।

निर्माता संघका नव अध्यक्ष नवल खड्काले आफुहरुले गरिएको स्वागत तथा सम्मानले निर्माताहरुको हक हितमा जुट्न अझ प्रेरित गरेको बताए । उनले नेपाली चलचित्र उधोगलाई जोगाउन निर्मातहरुसँग सबै सिनेकर्मीको साथ हुनुपर्ने बताएका छन् । नेपाली सिनेमालाई भन्दा बिदेशी सिनेमालाई नेपालका हलहरुमा प्रदर्शनीमा प्रथामिकता दिएको भन्दै आफुहरुले अब नेपाली फिल्म प्रदर्शनलाई प्राथमिकता दिएको लागि हलवालालाई पहल गर्ने उनले बताए । यस विषयमा हल वालाहरुको संस्था नेपाल चलचित्र संघका पदाधिकारीसँग वार्ता भएको र उनीहरुले आफ्नो मागलाई महत्व दिने बाचा गरेको पनि खड्काको कथन छ । नेपाली चलचित्रको विकाशका लागि निर्माताहरुलाई फुट भन्दा जुटमा लाग्न उनले कार्यक्रममा अनुरोध गरे ।

परिवर्तन नेपालका अध्यक्ष तथा नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले नेपाली चलचित्र उधोगमा पछिल्लो समय धेरै बिकृति आएको बताए । उनले नेपाली चलचित्रमा राष्ट्रियता र मौलिकतालाई महत्व दिन पनि अनुरोध गरे । निर्माता संघका पदाधिकारीहरुलाई उधोगलाई माथि उठाउन अझ प्रेरण मिलोस भनेर आफुहरुले संस्था मार्फत सम्मान तथा स्वागत गरेको पनि उनले बताए ।

नेपाल चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष आकाश अधिकारीले आफ्नो पालामा नेपाली चलचित्र उधोगलाई राष्ट्रिय चलचित्र उधोगको मान्यता पाएको बताए । तथापि राष्ट्रिय उधोगको रुपमा चलचित्र क्षेत्रले राज्यबाट पाउनु पर्ने सुविधाहरु अझै नपाएको उनको कथन थियो । नेपाली चलचित्रकर्मीहरुको आपसी फुटका कारण पनि राज्य पक्षले सिनेक्षेत्रलाई सो अनुसारको सुविधा नदिएको बताए । आफुले निर्माताहरुलाई फाईदा हुने थुप्रै नीति निर्माण तयार गरेका जनाउँदै त्यसलाई कार्यन्वयन गर्न पनि उनले अनुरोध गरे ।

यस्तै निर्माता संघका पूर्व अध्यक्ष राजकुमार राईले पनि अध्यक्ष नवल खड्का र निवर्तमान अध्यक्ष आकाश अधिकारीले उठाएको कुरा जायज भएको बताए । निर्माताहरु फाईदा भए पनि नेपाली चलचित्र उधोग माथि उठ्ने उनको कथन थियो । त्यसैले निर्मातहरुले बुझेर मात्र यो क्षेत्रमा आउनु पर्ने उनको कथन थियो ।

नेपालकी प्रथम अभिनेत्री भुवन चन्दले पनि नेपाली सिनेमा उधोगमा बिकृति भएको जिकिर गरिन् । आफुले निर्माता भएर केही वर्ष अघि चलचित्र साईनो निर्माण गर्दा भोगेको पीडा उनले सुनाईन् ।

अर्की अग्रज अभिनेत्री बसुन्धरा भुसालले पनि यहाँ सिनेकर्मीहरुमा मेल मिलाप नभएको र एकले अर्कालाई खुट्टा तान्ने प्रवृति बढेको जिकिर गरिन् । आफुहरुको पालामा सिनेकर्मीहरुबीच अत्यन्त मिलाप रहेको पनि उनले जनाईन् ।

चलचित्र पत्रकार संघका उपाध्यक्ष जीवन पराजुली र संघका पूर्व अध्यक्ष शान्तिप्रियले पनि निर्माताहरुलाई एकृकित भएर अघि बढ्न जोड दिए । नयाँ कार्यसमितिबाट आफुहरुले निकै आशा गरेको पनि उनीहरुले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दलहरू सुध्रिएनन् भने राजनीतिक दलहरुप्रति वितृष्णा अझ बढेर जान सक्छ : सीके राउत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९