राजेन्द्र र महेन्द्रमध्ये कसले मार्ला बाजी ?

काठमाडौं । प्रतिनिधि सभाको १६५ र प्रदेश सभाका ३३० सिटका लागि प्रतिस्पर्धा हुँदैछ । ४ मंसिरमा हुने निर्वाचनका लागि ५ हजार भन्दा बढी उम्मेदवार चुनावी दौडमा रहेका छन् । ती मध्ये ४९५ जना चयन हुने छन् ।

अहिले मुलुक नै निर्वाचनमा होमिएको अवस्थामा धेरैको ध्यान मधेस प्रदेश तर्फ रहेको देखिन्छ । राजनीतिक रुपमा मधेस जहिले पनि चर्चामै रहने गरेको छ । मधेस प्रदेशको आठ जिल्लामा प्रत्यक्ष तर्फ ३२ वटा प्रतिनिधि सभा र ६४ वटा प्रदेश सभा सदस्यका लागि निर्वाचन हुदैछ ।

आमनिर्वाचन २०७९

गत निर्वाचनमा मधेसकेन्द्रित दल मिल्दा यहाँका ३२ मध्ये १९ निर्वाचन क्षेत्रमा मधेसकेन्द्रित दलकै नेता निर्वाचित थिए । नेपाली कांग्रेसले ६, माओवादी केन्द्रले ५ र नेकपा एमालेले २ सिट मात्र जितेका थिए । तर यसपटक मधेसकेन्द्रित दलभित्रको विभाजनले चुनावी परिणाममा अन्य दलको समेत उत्तिकै प्रभुत्व हुने निश्चित छ ।

यो निर्वाचनमा मधेसका दुई शक्ति जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) फरक–फरक गठबन्धनबाट प्रतिस्पर्धामा उत्रिएका छन् । जसले गर्दा ३२ मध्ये १७ सिटमा मात्रै मधेसकेन्द्रित दलको उम्मेदवारी परेको छ भने त्यसमध्ये ९ सिटमा उनीहरूबीचमै मुख्य प्रतिस्पर्धा छ । लोसपा सत्तारुढ गठबन्धनमा रहेको छ भने जसपा प्रतिपक्षी एमालेको गठबन्धनमा रहेको छ ।

महतो र यादव मध्ये कसले मार्ला बाजी ?
मधेसको राजनीतिक ’bout चर्चा भईरहदा धेरैको ध्यान लोसपा वरिष्ठ नेता राजेन्द्र महतो र नेपाल समाजवादी पार्टीका वरिष्ठ नेता महेन्द्रराय यादव लगायत शीर्ष नेता तर्फ जाने गरेको छ । महतो र यादव सर्लाही २ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा रहेका छन् ।

महतोको पार्टी सत्तारुढ गठबन्धनमा रहेको छ । यादवको पार्टी पनि सत्तारुढ गठबन्धनमा रहेको छ । यादवको पार्टी माओवादी केन्द्रसंग चुनावी तालमेल गर्दै माओवादीकै चुनाव चिन्हमा उम्मेदवारी दिएको छ । यादव गठबन्धनको आधिकारीक उम्मेदवार हुन भने महतो गठबन्धनमा भए पनि आधिकारिक उम्मेदवार होईनन् ।

मधेसका यि दुबै प्रभावशाली नेताका बीचमा मैत्रिपुर्ण प्र्रतिस्पर्धा हुदैछ । मधेसको राजनीतिमा धेरैको ध्यान महतो र यादवतर्फ रहेको छ । यादव यसपटक नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका छन् भने महतो अघिल्लो पटक चुनाव लडेको धनुषा ३ छाडेर गृह जिल्ला सर्लाही फर्किएका हुन् ।

गत निर्वाचनमा धनुषा ३ मा महतोले कांग्रेस वरिष्ठ नेता विमलेन्द्र निधिलाई पराजित गरेका थिए । त्यसभन्दा अघि सम्म महतो सर्लाहीबाटै चुनावी प्रतिस्पर्धा गर्दै आएका थिए । एउटै गठबन्धनमा रहेका दुई दलका उम्मेदवारबीच हुन लागेको यो टक्कर विस्तारै मित्रतापूर्ण प्रतिस्पर्धाबाट शत्रुतापूर्ण बन्दै जान थालेको विश्लेषण कतिपयको छ ।

गठबन्धनमा सिट बाँडफाँट हुँदा यो क्षेत्र नेकपा माओवादी केन्द्रको भागमा परेको थियो । तर लोसपाका वरिष्ठ नेता महतोले पनि यही निर्वाचन क्षेत्रबाट चुनाव लड्न उम्मेदवारी दिएपछि दुईबीच कडा प्रतिस्पर्धाको अवस्था आएको हो ।

सत्ता गठबन्धनले आफूहरूको आधिकारिक उम्मेदवार यादव भएको भन्दै विज्ञप्ति नै निकाल्नुपरेको थियो । विज्ञप्ती आएपछि महतोको पार्टी लोसपा चिढिएको छ । उक्त निर्णयको प्रतिवाद गर्दै लोसपा अध्यक्ष महन्थ ठाकुरले कांग्रेस सभापतिसँग भएको सहमतिविपरीत उम्मेदवार तोकेर विज्ञप्ति निकालेकोमा आपत्ति जनाइसकेका छन् । मधेसकै एजेन्डा अघि सारेर राजनीति गर्ने दुवै नेता ९ वर्षपछि एकअर्काविरूद्ध चुनावी मैदानमा उत्रिन पुगेका छन् ।

यादव र महतो दुवैले आफ्नो राजनीति सर्लाहीबाट गर्दै आएका छन् । दुवै जना एउटै वर्षबाट चुनावी मैदानमा उत्रिएका व्यक्ति हुन् । यादव पहिलोपटक २०४८ सालमा नेपाल मानन्धर भन्ने पार्टीबाट सर्लाही १ मा चुनाव लडेका थिए । उनी त्यतिबेला पराजित हुन पुगे । त्यसपछि २०५१ साल र २०५६ सालमा उनी नेकपा एमालेबाट सर्लाही–१ मा विजयी भए । २०६४ पछि उनले मधेसवादीको राजनीति सुरू गरे । तर २०६४ मा यादव तत्कालीन तराई–मधेश लोकतान्त्रिक पार्टीबाट समानुपातिकतर्फबाट सांसद भए ।

यादवजस्तै महतो पनि २०४८ सालमा नेपाल सद्भावना पार्टीबाट पहिलोपटक सर्लाही २ मा चुनाव लडे पनि पराजित हुन पुगेका थिए । २०५१ सालमा पनि सर्लाही–२ बाट चुनाव लडेर पराजित भएका महतोले २०५६ सालमा भने पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई पराजित गरेर संसदमा पुग्ने अवसर पाए ।

२०६४ मा नेपाल सद्भावना पार्टी फुटेर बनेको सद्भावना पार्टीबाट उनी संविधानसभा निर्वाचन लडेका थिए । त्यो बेला उनले निर्वाचन क्षेत्र परिवर्तन गर्दै सर्लाही– ४ बाट बिजयी भएका थिए ।

सर्लाहीलाई केन्द्रमा राखेर राजनीति गर्दै आएका यी दुवै नेताबीच नौ वर्षअघि २०७० सालमा सर्लाही –२ मा प्रतिस्पर्धीको रूपमा भेटको थियो । त्यतिबेला यादवले २ हजार ७ सय ४४ मतान्तरले महतोलाई पराजित गरेका थिए ।

२०७४ को निर्वाचन यादवले सर्लाही–२ मा कांग्रेसका जंगिलाल रायलाई पराजित गरे भने महतो धनुषाबाट विमलेन्द्र निधिलाई पराजित गरे । तर ९ वर्षपछि एकपटक फेरि दुवै नेता आफ्नो लोकप्रियता जाँच्न प्रतिस्पर्धामा छन् । अहिले धेरैको ध्यान महतो र यादवतर्फ नै रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 401 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीमा गठबन्धनका हेमकर्ण पौडेल विजयी