बैतडी । बैतडीमा यो बर्ष ९५ मेट्रिक टन मह उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो गतबर्षभन्दा कम उत्पादन भएको हो । गत बर्ष १२० मेट्रिक टन मह उत्पादन भएको थियो । केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दका अनुसार बैतडीमा यो बर्ष आधुनिक घार ८ हजार र मुढेघार ६ हजार रहेका छन् । गत बर्ष जिल्लामा चार हजार सात सय आधुनिक घार र सात हजार आठ सय मुढेघार रहेको निमित्त प्रमुख चन्दले बताए ।
बर्षातले कारणले यो बर्ष मह उत्पादनमा कमी आएको बताइएको छ । मौरीको लागि चरन क्षेत्र चिउरी लगायतका फलफूल प्रशस्त फल्ने जिल्लाका दशरथचन्द नगरपालिका, सिगास, दोगडाकेदार, डिलासैनी गाउँपालिकाका केही वडा मौरीपालन व्यवसायको लागि उपयुक्त मानिन्छन् । दशरथचन्द नगरपालिकाको वडा नम्बर ४, ५, ६, ३, १० दोगडाकेदारका ३ र ४ मेलौलीको बिशालपुर, सिगासको ढुंगाड, डिलाशैनीको रुदे्रश्वर पकेट क्षेत्र हुन् ।
जिल्लाका धेरैजसो किसान मौरीपालन व्यवशायवाट जिवीकोपार्जन गर्न समेत सफल रहेका छन् ।
महबाटै राम्रो आम्दानी गरिरहेको दशरथचन्द नगरपालिका वडा न. ५ पल्लाचौडलीका बशुदेब भट्टले बताए । १५ बर्ष यता मौरी पालन ब्यवसाय गर्दै आएका उनले मौरिपालन ब्यवसाय बाटै १ करोडबढि आज आर्ज गरेको बताए ।






