एमालेको इज्जतका लागि पनि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छ, गठबन्धनलाई हराउने हो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको इज्जतका लागि पनि झापा-३ मा राजेन्द्र लिङ्देनलाई जिताउनुपर्ने बताएका छन् । शुक्रबार झापा-३ मा आयोजित कार्यक्रममा उनले राप्रपा अध्यक्ष लिङ्देनका लागि भोट मागेका हुन् ।

‘एमालेको इज्जतका लागि पनि राजेन्द्र लिङ्देनलाई जिताउनुपर्छ’ उनले भने, हलोलाई पनि भोट हाल्नुपर्छ नभए देशद्रोही आउँछन्, देशद्रोहीलाई रोक्न पनि हलोमा भोट हाल्नुपर्छ । मुख्य कुरा गठबन्धन हराउने हो’ ओलीले भने । उनले एमालेले समर्थन गरेका सबै उम्मेदवारले यसपटक जित्ने ठोकुवा गरे ।

एमाले अध्यक्ष ओलीले आगामी निर्वाचनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टी बन्ने बताए । ‘राप्रपा राष्ट्रिय पार्टीको रुपमा आउँछ । संसदमा राजेन्द्र लिङ्देन मात्र होइन, एमालेको साथमा लागेपछि त राष्ट्रिय पार्टी हुन्छ’ उनले भने ‘जसपा राष्ट्रिय पार्टी थियो, कायम रहन्छ ।’

अध्यक्ष ओलीले नेपाली काँग्रेस र माओवादी केन्द्र राष्ट्रिय पार्टी बने पनि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी भने राष्ट्रिय पार्टी बन्न नसक्ने दाबी गरे । ‘काँग्रेस राष्ट्रिय पार्टी रहने भयो, यसपल्टको हकमा माओवादी पनि राष्ट्रिय पार्टी बन्छ । माधव नेपालहरूले पनि एउटा पार्टी खोलेका छन्, त्यसको कन्तबिजोग हुन्छ, के को राष्ट्रिय पार्टी ?’

लोकतान्त्रिक समाजवादी पार्टी पनि यसपटक राष्ट्रिय पार्टी नबने ओलीले बताए । राष्ट्रिय पार्टी बन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक पद्धतितर्फ कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्छ र प्रत्यक्ष निर्वाचन प्रणालीबाट पनि एक सिट जित्नुपर्छ । ओलीले एमाले एक्लैले बहुमत ल्याउने दाबी गरे । एमालेले बहुमत ल्याए पनि एमालेको साथमा रहेका जनता समाजवादी पार्टी र राप्रपासहितको सरकार बन्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 293 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीको कविलासी मेयरर उपमेयरमा कांग्रेस विजयी