सुनसरीमा भिन्ना भिन्नै दुर्घटनामा तीन जनाको मृत्यु

इटहरी । सुनसरीमा भिन्नाभिन्नै दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । जिल्लाको इटहरी, इनरुवा र भोक्राहामा भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको हो ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार बिहीबार (हिजो) राति ८ बजेको समयमा इटहरी १७ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ९०८७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ठेलालाई ठक्कर दिँदा ठेला चालक इटहरी १७ का ४५ वर्षीय तेजनारायण साहको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका साहको विराटनगरस्थित न्यूरो अस्पतालमा राति २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न मोरङको बेलबारी नगरपालिका ८ बस्ने ४५ वर्षीय विक्रम खड्का घाइते भएका छन् । उनको प्रहरीको नियन्त्रणमा उपचार भइरहेको छ ।
चालकको सडकमा ध्यान केन्द्रित नहुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । यस्तै, बिहीबार बिहान ७ बजेतिर भोक्राहा–नरसिंह गाउँपालिका ५ जनताचोकस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग ३ च ५५७६ नम्बरको कारले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री भारत सुपौल बनौली पञ्चायत बस्ने ३५ वर्षीय गुलाब मेहताको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल इनरुवामा लगिएपनि उनको दिउँसो ४ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न कार र चालक रुपन्देही सैनामैना ४ बस्ने ५४ वर्षीय कृष्णबहादुर रेग्मीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ । तीव्रगतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यता, बिहीबार दिउँसो १२ः४५ बजेको समयमा इनरुवा ५ स्थित इनरुवा–दुहबी सडक खण्डमा तत्काल नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ ।

तत्काल नखुलेको मोटरसाइकलले साइकलमा सवार रहेका बराहक्षेत्र नगरपालिका ८ बस्ने २७ वर्षीय जीवन राउतलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा दिउँसो १ः१० बजे मृत्यु भएको हो । मोटरसाइकलसहित चालक फरार रहेकाले खोजी कार्य भइरहेको सुनसरी प्रहरीले जनाएको छ । तीनवटै घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजमार्गमा पर्ने भवन भत्काउदैँ इटहरी उपमहानगरपालिका

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
एमाले सचिव भट्टको निर्वाचन क्षेत्रमा बिरासत जोगाउन दबाब