अल्पसंख्यकको अधिकारका लागि चित्र पुस्तक

काठमाडौं । नेपालमा चित्रकला सम्बन्धि पुस्तक निकै कम छ । यसै क्रममा कलरिङ बुक (चित्र किताब) ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ पाठकमाझ आएको छ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको कथा अभिव्यक्त गर्ने यो पुस्तकलाई आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा एक समारोहबीच सार्वजनिक गरिएको छ ।

पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकाल, वाग्मती प्रदेशका कला, संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ, नेता सुरजचन्द्र लामिछाने, नीलहिरा समाजकी निर्देशक पिङ्की गुरुङ, मितिनीनेपालकी कार्यकारी निर्देशक सरिता केसी, पूर्व मिस नेपाल माल्भिका सुब्बा र लेक्स लिम्बुले संयुक्त यो पुस्तकले सँयुक्त बिमोचन गरे ।

दन्त चिकित्सक डा. परिधि शर्माले यस पुस्तक आफुहरुले कसरी तयार गरको भन्ने’bout जानकारी गराईन् । आफूलाई सानैदेखि चित्र कोर्ने रहर भए पनि चिकित्सक बन्ने क्रममा चित्रकलासँग साथ छुटेको उनले बताइन् । कोरोना महामारीका कारण जारी लकडाउनको समयमा आफूभित्र रहेको चित्रकार फेरि प्रस्फुटित भएको उनको कथन थियो,‘लकडाउनकै समयमा हामीले एक नेपाली महिला र अर्की भारतीय महिलाबीचको प्रेम सम्बन्ध’bout थाहा पायौं । परिवार र समाजले अस्वीकार गरेका कारण उनीहरू प्रेम जोगाउन अमेरिका जानुपरेको सुन्यौं,’ उनले भनिन् ।

अर्की सर्जक अर्पणा पाठकल लेखिँदै आएका पुस्तकभन्दा फरक विषय र चित्र कोरिएको कागजको मुठा बोकेर प्रकाशनका निम्ति विभिन्न संस्था धाउनुपर्दाको चुनौतीहरूमाथि प्रकाश परिन् ।

नेपालको सन्दर्भमा ‘एलजिबिटिआइक्यू’ समुदायका लागि बनाइएको यो पहिलो कलरिङ बुक भएको सर्जक साथै पुस्तकको सल्लाहकारहरूको दाबी छ । समाज हरेक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूका लागि गर्वका साथ कुनै विभेदबिना बाँच्न योग्य हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्नु नै यस पुस्तकको मूल उद्देश्य रहेको सर्जक शर्माको भनाइ छ ।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले पुरातन समाजलाई नै परिवर्तन गर्ने पुस्तक लोकार्पण समारोहमा सहभागी हुन पाउँदा आनन्दित भएको बताए । उनले यस सिर्जनालाई ‘एलजिबिटिआइक्यू’ समुदायले भोगेको कठिनाइहरूको प्रस्तुतिको संज्ञा दिए ।

नेपालको मौलिक मिथिला र मण्डला शैलीमा बनाइएका कारण यस पुस्तकको सांस्कृतिक महत्त्वसमेत उच्च रहेको उनको भनाइ छ । मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीले कलाका माध्यमबाट अभिव्यक्त यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको कथाले हिंसा र यस समुदाय’bout समाजमा व्याप्त रूढिवाद कम गर्न सहयोग पुग्न सक्ने धारणा राखिन् ।

ब्यु डायमन्ड सोसाईटीक अध्यक्ष पिँकी गुरुङले भनिन,‘यो साहित्य र कला साथै आम मानिसको विषयवस्तु बन्नुपर्छ भन्ने कुरा पुस्तकमार्फत स्थापित हुँदै छ । सरकारले हाम्रो मुद्दाहरू सम्बोधन गर्न नसकेको अवस्थामा यो पुस्तकले योगदान पु¥याउँछ भन्ने आशा छ,।’

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमभित्र ‘पावर सेयरिङ’ बैठक तीब्र

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९