काठमाडाैं । सेयर बजार मंगलबार पनि उकालाे लागेकाे छ । साेमबार १६.३९ अंकले बढेकाे सेयर बजार मंगलबार पनि सुधारिँदै ५६.११ अंकले वृद्धि भएकाे हाे । मंगलबार नेप्से परिसूचकमा ५६.११ अंकले बढेर १९३०.९९ विन्दुमा पुगेर रोकिएको छ ।
क वर्गको सेन्सेटिभ इन्डेक्स मा ३ प्रतिशतले वृद्धि भएको छ । सेन्सेटिभ इन्डेक्सको ११.२८ अंकले बढेर ३८२.१४ विन्दुमा पुगेको हो । साथै, १८६ कम्पनीको कारोबार भएको छ, जस्मा १८१ कम्पनीको मूल्य बढ्दा जम्मा ३ कम्पनीको मूल्य घटेको छ र २ कम्पनी स्थिर रहेको छ ।
कूल १८६ वटा कम्पनीमा ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ६ लाख ६५ हजार ६४२ रूपैयाँ बराबरको कारोबार भएको छ । सबै कम्पनीहरूमा वृद्धि भएको छ । सबैभन्दा धेरै निर्जीवन बिमा १८२.३४ अंकले वृद्धि भएको हो ।
साथै, जीवन बिमा १७३.३८, होटल तथा पर्यटन ५४.७६, बैकिङ २९.५४, फाइनान्समा ८१.७, हाइड्रो पावरमा ८३.७३, माइक्रो फाइनान्समा ९१.९७ र अन्य ७०.१ ले वृद्धि भएको छ ।
न्यादी हाईड्रो पावरको सेयर मूल्य २६.२० र यूनिभर्सल पावर कम्पनी १८.०० ले बढेको छ । एनआईसी एसिया बैंकको ६ करोड ६५ लाख ६० हजार बढिको कारोबार भएकाे छ भने नविल बैंकको ५ करोड ९२ लाख ७० हजारको कारोबार भएको छ ।