दाङको सबैभन्दा अग्लो स्थानमा एमालेले पहिलो चुनावी सभा गर्ने

दाङ । तुलसीपुर । नेकपा एमाले दाङ निर्वाचन क्षेत्र नं ३ (१) ले पहिलो चुनावी सभा सबैभन्दा अग्लो स्थानमा गर्ने भएको छ । विपक्षी गठबन्धन भन्दा चुनावी मोर्चामा अग्रपंक्ति र उचाइमा भएकाले तुलसीपुर –३ स्थित थर्कोटमा पहिलो चुनावी सभा गर्न लागेको नेकपा एमाले क्षेत्र नं ३ – निर्वाचन परिचालन समितिका संयोजक मेघराज भुसालले जानकारी दिए । थर्कोट दाङको सबैभन्दा अग्लो स्थानमा पर्दछ । त्यहाँ आयोजना गरिने चुनावी सभाले सबैभन्दा विकटमा पर्ने थर्कोटको विकास र प्रचार प्रसारमा समेत महत्वपूर्ण योगदान पु¥याउने संयोजक भुसालले बताए ।

कुनै पनि शुभकार्यको थालनी थर्कोटबाट सुरुवात गर्दा सफलता प्राप्त गर्न सकिन्छ भन्ने धार्मिक जनविश्वास रहेको छ । सिद्ध बाबाले सिद्धि प्राप्त गरेको थर्कोटमा लामो समयसम्म खडेरी पर्दा पानी पार्नका लागि त्यहाँ गएर पञ्च बल हान्ने प्रचलन वर्षौँदेखि चल्दै आएको छ ।
२०७४ सालको स्थानीय निर्वाचनको समयमा तत्कालीन मेयरमा उठ्नु भएका प्रस्तावित मुख्यमन्त्री तथा प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डेले थर्कोटमा गएर पूजाआराधना गरेका थिए ।

शुक्रबार बिहान ११ बजे उद्घाटन गरिने चुनावी सभालाई प्रतिनिधि सभा सदस्यका उम्मेदवार कोमल वली, प्रदेश सभा सदस्यका उम्मेदवार घनश्याम पाण्डे लगाएतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ओली र पाण्डे केन्द्रिय सदस्य र एउटै वडाका बासिन्दा हुन् । एउटै वडाबाट प्रतिनिधि र प्रदेश सभामा दुई जनाले टिकट पाएपछि वडाबासी उत्साहित भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

epaper

ताजा समाचार

विभिन्न पाँच समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा