थाहा फोटो प्रर्दशनीमा पहिलो दिन ३ हजारले गरे अवलोकन

काठमाडौँ । आजबाट काठमाडौँको बसन्तपुर (काल भैरव) डबलीमा मा शुरु भएको थाहा फोटो प्रर्दशनि ०७९ को पहिलो दिन करिब ३ हजारले अवलोकन गरेको आयोजकले जनाएको छ । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले उद्धघाटन गरेकाे प्रर्दशनि साझँ ५ बजेसम्म चलेको थियो ।

मन्त्री श्रेष्ठले नेपाल सरकारले जारी गरेको ७३ बुँदे पर्यटन विकासको कार्ययोजनालाई समेटेर थाहा नगरलाई विकास गर्ने बताए । थाहा नगरपालिकाका प्रमुख बिष्णुबहादुर बिष्टले थाहा नगरलाई चिनाउन प्राकृतिक सुन्दरता, ऐतिहाँसिक संरचना, सभ्यता र संस्कृति, जीवनशैली, स्वच्छ र सफा वातावरणका तस्विरहरु राखिएकोे बताए । प्रदर्शनी उपत्यकाका विभिन्न संघ संस्था, शैक्षिक संस्थाहरु, पर्यटन व्यवसायी, ट्राभल एजेन्सी र आम नागरिकलाई लक्षित गरी गरिएको कार्यक्रम संयोजक ईन्द्र बहादुर श्रेष्ठले जानकारी दिए ।

प्रदर्शनीमा थाहा र ईन्द्रसरोबरका करिव एक सय तस्विरहरु रहका छन् । नेपाल पर्यटन बोर्डले प्रबर्धन गरेको फोटो प्रदर्शनीको ब्यवस्थापन फरक सोचले गरेको छ ।

संयोजक ईन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटनमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, ईन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, राष्ट्रिय सभाका पूर्व सांसद रामनारायण बिडारी लगायतको सहभागिता थियो ।

प्रर्दशनि कात्तिक २० गतेसम्म हरेक दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म अवलोकन गर्न सकिने छ । कार्यक्रमम स्थलमा फोटो’bout जानकारी दिन सूचना केन्द्र र स्वयम्सेवकहरुको व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहमतीमा राष्ट्रपति छान्ने माओवादी निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
रेनु दाहाललाई ११ हजार बढीको अग्रता