दल र नेताहरू जिम्मेवार र संवेदनशील बन्नुपर्छ

निर्वाचन आचार संहिताअनुसार अहिले राजनीतिक दलले खुला रूपमा प्रचारप्रसार गर्न पाउने समय भएकाले सोहीअनुसार उनीहरूले निर्वाचन अभियानलाई व्यापक बनाउँदै आइरहेका छन् । तर, प्रचारप्रसारका क्रममा राजनीतिक दलबीचमा निकै कटाक्ष र क्रिया प्रतिक्रियाका क्रम चलिरहेका छन् । यसले जनतामा विश्वासभन्दा पनि विरक्ति र अविश्वासमा बढोत्तरी ल्याइरहेको छ । दलका नेताहरूले एकले अर्कालाई गाली गलौज गर्नुभन्दा पनि आप्mना विकास योजना र कार्यक्रम जनतासमक्ष प्रस्ट रूपमा भन्न सक्नुपर्छ ।

राजनीतिक दलहरूबीचमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । उनीहरूबीचमा एजेन्डा र कार्यक्रममा फरक सोच र चिन्तन हुन सक्छ । उनीहरूका बीचमा अन्तरविरोध नहोस् भन्ने पनि होइन । किनकि, आस्था, विचार र सिद्धान्तका आधारमा राजनीतिक दलहरू आआप्mनो पहिचान कायम गर्छन् र भिन्न देखिन्छन् पनि । बहुदलीय शासन प्रणालीको मौलिक विशिष्टता भनेको पनि यही हो । तर, राजनीतिक दलहरू राजनीतिक मूल्य, मान्यता र आस्थाका आधारमा सञ्चालित हुनुपर्छ । यसैका लागि यो आवधिक निर्वाचनको प्रक्रिया पनि अवलम्बन गरिएको हो । एउटै राजनीतिक प्रणालीअन्तर्गत फरक राजनीतिक आस्थालाई विविधताका रूपमा लैजान सक्नुपर्छ । सो विविधतालाई एकतामा समेट्ने भनेको राजनीतिक प्रणालीले हो । त्यसैले, यी फरक विचार राख्ने राजनीतिक दलहरूले उनीहरूका बीचमा मित्रवत् र जनताका लागि अभिभावकीय भूमिका निर्वाह गर्न सक्नुपर्छ । राजनीति हार जित मात्र होइन, राजनीति सरकार गठन र सत्ताको रसास्वादन गर्नका लागि मात्र होइन ।

त्यसैले, राजनीतिक दलहरूका बीचमा पूर्वाग्रह र सत्ता आरोहणका लागि हुने स्वार्थपूर्ण टकरावले प्राथमिकता पाउनु हुँदैन । त्यसमा पनि सत्तासीन दलहरूले बोल्ने वचन र व्यवहारमा राज्यको शक्ति वा अहम् अभिव्यक्त हुने कुरामा निकै सतर्क रहनु पर्छ ।

अख्तियार दुरुपयोग आखिर सत्तासीनहरूबाट हुने कुरामा सत्ताधारीहरू निकै चनाखो र उत्तिकै गम्भीर हुनुपर्छ । ताकि, कुनै पनि व्यक्तिको गल्ती वा कमजोरीले सिंगो राज्यसत्ता र प्रणालीप्रति आमजनताको विश्वासमा धरमराहट पैदा नहोस् । जनताले चाहेको कुरा भनेको देशमा स्थायित्व, शान्ति र विकास होस् भन्ने नै हो । यसको दावा हरेक दलले गर्नु अस्वाभाविक होइन । तर, एक राजनीतिक दलले अर्को राजनीतिक दलमाथि झुठा प्रपञ्च अख्तियार गर्नु प्रजातान्त्रिक संस्कार र परिपाटी दुवै होइन । सबैले आवधिक निर्वाचनको प्रक्रियालाई स्वीकार गरी निर्वाचनमा होमिएका छन् । यो भनेको वर्तमान व्यवस्थाप्रति राजनीतिक दलहरूको संलग्नता र आशाको अभिव्यक्ति हो । त्यसैले पनि व्यक्तिको हार जित हुन सक्ला तर व्यवस्थाप्रति अनास्था सिर्जना हुने काम राजनीतिक दलहरूले गर्न सुहाउँदैन ।

यसका लागि राजनीतिक दलहरूले जनतामा जाँदा सबैको अभिभावकीय भूमिका निर्वाह गरेको विश्वास व्यवहारतः दिलाउन सक्नै पर्छ । तानातान र हानाहानबाट नेपाली जनता वाक्कदिक्क भइसकेका छन् । यस्तो बेलामा राजनीतिक दलको क्षमता भनेको जनतालाई आशावादी बनाउने र उनीहरूको नजिकको अभिभावकत्व ग्रहण गर्ने नै हो । ‘दलीय व्यवस्था ठिक छ तर दलका नेताबाट हामी सन्तुष्ट छैनौं’ भन्ने जनताको अभिव्यक्ति स्वयं दलहरूका लागि निकै गम्भीर र सोचनीय विषय हो । राजनीतिक नेता यस कुरामा समय छँदै विचार पु¥याएर व्यवहार बदल्न लागि पर्नु पर्छ । यसैमा देश र जनताको भलो निहित छ ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा समाजवादीले कटायो ३ हजार अन्तर