जलवायु परिवर्तन कोप २७ मा अपेक्षा

यही ६ नोभेम्बरदेखि इजिप्टको ‘सार्म–एल सेख’मा युनाइटेड नेसन्स फ्रेमवर्क कन्भेनसन अन क्लाइमेट चेन्ज (यूएनएफसीसीसी)अन्तर्गत रहेर कोप–२७ को बैठक बसिरहेको छ । सो बैठकमा विश्भरिका १ सय ९८ देशका सरकार प्रमुख र राष्ट्र प्रमुख तथा सरकारी एवं गैरसरकारी प्रतिनिधिहरूले भाग लिँदै छन् । सो बैठकले यो शताब्दीमा हामी बसिरहेको यो धरतीलाई सकेसम्म शून्य कार्बन उत्सर्जनतर्पm डोहो¥याउने र विश्व तापमानलाई २ डिग्री सेल्सियसभन्दा तल झार्ने लक्ष्य राखिएको छ ।

मानिसहरूले हामी बसेको धरतीलाई अलिकति पनि माया नगरी जताभावी गरिरहेको हुनाले नै धरतीमा अनावश्यक रूपमा तापमान वृद्धि भइरहेको छ । जसका कारण हामी बसेको धरती आवश्यकताभन्दा बढी ताती रहेको छ । फलस्वरूप हिमनदी पग्लने, हिमाल पग्लने, हिमालमा हिउँ सुकेर कालो हुने, हिमालमा खोला बन्ने, हिमताल फुट्ने क्रम बढी रहेको छ । जसका कारण विश्वभरि नै बेमौसममा अकस्मात् बाढी–पहिरो आउने, अत्यधिक चिसो बढ्ने, हिमपहिरो आउने भइरहेको छ ।

यो शताब्दीमा हामी बसोबास गरेको धरतीमा शून्य कार्बन उत्सर्जनतर्फ डोहो-याउने र विश्व तापमानलाई २ डिग्री सेल्सियसभन्दा तल झार्ने लक्ष्य राखिएको छ

यसरी गत साउनमा सप्तकोसी नदीमा आएको बाढीलाई पनि एक उदाहरणका रूपमा लिन सकिन्छ । सो बाढीका कारण कोसी टप्पु क्षेत्रमा बसोबास गरिरहेका २० हजार मानिस प्रभावित भएका थिए । सो बाढी दिउँसो आएको हुनाले बाढी प्रभावितहरू तुरुन्तै सुरक्षित क्षेत्रमा सरेका थिए ।

तर, सो क्षेत्र कोसी टप्पु वन्यजन्तु आरक्षणले आप्mनो बनाउने वा भनौं हडप्ने भन्ने हल्ला सुनेपछि ती बाढी पीडित र प्रभावितहरू तुरुन्तै फेरि साबिक ठाउँमै आएर बस्न थालेको भन्ने समाचार आएको थियो । यसले मान्छेहरू आप्mनो ज्यानभन्दा पनि आप्mनो अचल सम्पत्ति घर, जग्गा र जमिनकै लोभमा पर्ने रहेछन्, आप्mनो अचल सम्पत्ति घर, जग्गा र जमिनकै लोभमा मर्ने रहेछन् भन्ने देखाएको थियो । धेरैचाहिँ उदयपुरको बेलका नगरपालिकाका जनता प्रभावित भएका छन् ।

जलवायु परिवर्तनका कारण पछिल्लोपटक लगातार रूपमा असामान्य ढंगले बढ्दै गएको गर्मी, बाढी, पहिरो, अनावृष्टि, अतिवृष्टि, असामयिक रूपमा पानी पर्ने, आगलागी हुने, मुसलधारे वर्षा हुने, हिमपात हुने, आँधी–बेहरी आउने, हिउँ पग्लने, हावा–हुन्डरी चल्ने, समुद्रमा पानीको सतह बढ्ने क्रम बढ्नुको मुख्य कारणमा विश्वमा बढ्दै गएको जलवायु परिवर्तन र मौसम परिवर्तनका कारणले नै हो भन्नेमा दुईमत छैन । त्यसो त, लगभग तीन महिनाअघि युरोपका विभिन्न देशजस्तै स्पेन, बेलायत, फ्रान्स, इटली आदि देशमा अत्यधिक गर्मी भएको कारण धेरै मानिसले अकालमै ज्यान गुमाएका थिए ।

हो, यसरी असामान्य ढंगले बढ्दै गएको गर्मी, बाढी, पहिरो, अनावृष्टि, अतिवृष्टि, असामयिक रूपमा पानी पर्ने, आगलागी हुने, मुसलधारे वर्षा हुने, हिमपात हुने, आँधीबेहरी आउने, हिउँ पग्लने, हावाहुन्डरी चल्ने, समुद्रमा पानीको सतह बढ्ने क्रम भनेको जलवायु परिवर्तनका कारण धरती तात्दै गएकाले गर्दा हो, यसमा कसैको विमति रहने गरेको छैन । तर, जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम कसरी घटाउने, कसले घटाउने ? यस सम्बन्धमा विश्वका औद्योगिक, धनी र प्रभावशाली राष्ट्रबीच मतैक्य हुन सकेको छैन ।

नेपालका सन्दर्भमा जलवायु परिवर्तन र यसका कारण बढ्दै गएको तापक्रम’bout कुरो गर्दा २०७७ सालको पुस–माघ महिनाताका नेपालको केन्द्रीय राजधानी कठमाडौंमा लगातार तीन दिनसम्म कुहिरो, हुस्सु अथवा भनौं तुवाँलो लाग्नाले पटक्कै घाम लागेन । त्यो बेला घाम नलागेको मात्रै होइन, हावा पनि चलेको थिएन । भनिन्छ, त्यो बेला ‘बाउल÷कचौरा’ आकारको काठमाडौं उपत्यकालाई अरू समयमा भन्दा बढी वायु प्रदूषणले च्यापेको थियो । चिसो पनि सामान्य अवस्थाभन्दा अत्यधिक बढेको थियो । विश्व स्वास्थ्य संगठन÷वल्र्ड हेल्थ अर्गनाइजेसन (डब्लूएचओ)ले गत वर्ष प्रकाशित गरेको वायु प्रदूषणसम्बन्धी एक अध्ययन प्रतिवेदनअनुसार वायु प्रदूषणका कारण विश्वका विभिन्न देशमा बर्सेनि ७० लाख मानिसले अल्पायुमै आफ्नाे अमूल्य जीवन गुमाइरहेका छन् ।

धेरै अघिदेखि विश्वभरि मौसम तथा जलवायु परिवर्तनसँगै वायु प्रदूषण पनि बढ्दो क्रममा रहेको देखिएको छ

वायु प्रदूषणका प्रमुख कारणमा औद्योगिक उत्पादन, उद्योगधन्दा र कलकारखाना भए तापनि जलवायु र मौसम परिवर्तनलाई पनि अर्को प्रमुख कारण मानिन्छ । विज्ञहरूका अनुसार नेपालको राजधानी काठमाडौं विश्वकै ५० प्रदूषित सहरमध्ये पहिलो नम्बरमा रहेको थियो÷छ । सो समयमा डा. माधव अधिकारीले ‘नेपाल समाचारपत्र दैनिक’मा एक लेखमा लेखेअनुसार वायुको गुणस्तर सूचकांक (एक्यूआई) काठमाडांैको रत्नपार्कमा ३ सय ७१, ललितपुरको भैंसेपाटीमा ३ सय २९, भक्तपुरमा २ सय १६, चितवनको सौराहामा २ सय १० अंक रहेको थियो, गत वर्ष । जबकि, सोही लेखमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्डअनुसार भने वायुको गुणस्तर सूचकांक (एक्यूआई) ३५ भन्दा कम राम्रो हो । त्यस्तै ५१ देखि १०० सम्म सामान्य हो भने २०१ भन्दा माथि अस्वस्थकर हो । साथै, ३०१ भन्दा माथि घातक हुन्छ । यसरी हेर्दा नेपालमा जहाँजहाँ वायुको गुणस्तर सूचकांक मापन गरिएको थियो, ती सबै ठाउँमा वायुको गुणस्तर सूचकांक अत्यधिक घातक रहेको देखिन्थ्यो ।

माथि एक प्रसंगमा वायु प्रदूषण बढ्नुमा उद्योगधन्दा र कलकारखाना प्रमुख जिम्मेवार रहने गरेको भनिए तापनि नेपालजस्ता अविकसित र अल्पविकसित देशमा वायु प्रदूषण बढ्नुमा ३०, ३५, ४० वर्षभन्दा पुराना बस, कार, जिप, भ्यान, मोटरसाइकललगायत गाडी अभैm पनि चल्न दिनु (करको लोभमा) यसरी पुरानो सवारी साधन चलाउनेहरूका अनसुार यस्तो सवारी साधनमा सरकारले बढी कर लिइरहेको छ । साथै, युरो मापदण्ड पूरा नभएको पेट्रोल, डिजेल, ग्यास, कोइलालगायत औद्योगिक इन्धन, धेरैजसो नेपालीको घरमा भात भान्सा तयार गर्न काठदाउराको प्रयोग गर्ने, गोबरको गुइँठा बाल्ने भुस र फुसलाई पनि इन्धनका रूपमा प्रयोग गर्ने गर्नाले पनि हो ।

गएको केही वर्षदेखि विश्वका धेरै देश जस्तै ः चीन, अस्ट्रेलिया, अमेरिका, नेपाल, ब्राजिल, क्यानडालगायतका देशमा कयौं दिन वा हप्ता दिनसम्म पनि अनियन्त्रित ढंगले वन, जंगलमा लगातार रूपमा लाग्ने गरेको आगलागी र डढेलाले पनि वायु प्रदूषण बढाउन सहायक भूमिका खेलेको देखिन्छ ।

यसरी, धेरै अघिदेखि विश्वभरि जलवायु परिवर्तन र मौसम परिवर्तनसँगै वायु प्रदूषण पनि बढ्दो क्रम रहेको देखिन्छ । त्यसैले, यसको असर कम गर्न सम्बन्धित विषयमा चासो राख्ने विषयविज्ञ, वैज्ञानिक, खोज–अनुसन्धानकर्ता, वातावरणविद्लगायत जलवायु परिवर्तन र त्यसले निम्त्याएको वायु प्रदूषणका ’boutमा चिन्ता व्यक्त गर्दै आवाज उठाउँदै आएका छन् ।

त्यसो भए तापनि जलवायु परिवर्तनका कारण हुने वातावरण विनास, हिमनदी पग्लने क्रम र यसले हिमाली र पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसमा पार्ने दीर्घकालीन असर, स्वच्छ पानीको मुहान सुक्ने वा अन्त्य हुने, बेमौसममा आउने बाढी, पहिरो आदिका लागि कसले जिम्मेवारी लिने र यसका रोकथामका लागि कस–कसले कसरी काम गर्ने भन्ने विषयमा कोप २७ मा मतैक्य हुन सकोस् ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग अनुचित : अध्यक्ष ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९