कलैया । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता तथा प्रतिनिधिसभाका लागि बारा–४ बाट बाट–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले चुनावी एजेण्डामा भौतिक पुर्वाधार विकासलाई प्राथमिकता दिएका छन् ।
नेता श्रेष्ठले हरेक गाउँपालिका र उपमहानगरपालिका सबै वडाहरुलाई व्यवस्थित सडक सञ्जालमा जोड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सबै वडाहरुलाई आउँदो ५ वर्षमा पक्कि सडकको रुपमा विस्तार गरिने आफ्नो प्रतिबद्धतामा व्यक्त गरेका छन् ।
अमलेखगञ्जमा रहेको विद्यमान खानेपानी समस्यालाई तत्काल सामाधान गर्ने प्रतिवद्धता उनले व्यक्त गरेका छन् । प्रत्येक गाउँमा खानेपानीलाई पाइपलाइनका माध्यमले वितरण कार्यको आरम्भ गरिने उनले बताए ।
नेता श्रेष्ठले विश्रामपुर– इटियाही– प्रसौनी– खुटवा– बुनियाद– इनर्वासिरा– महेन्द्र लोकमार्गसम्म सडक सञ्जाल निर्माण गरिने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै छतवा–वतरा–फुलवरिया–फेटा–भर्वलिया– भलुही–बंजरिया–हरपुर इनर्वासिरा हुदै महेन्द्र लोकमार्गमा जोडिने उल्लेख गरेका छन् ।
राष्ट्रिय गौरबका योजनाहरु काठमाडौं–मधेस फाष्ट ट्रयाक, निजगढको अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण सम्पन्न गर्ने तथा विरगञ्ज र सिमरामा रहेको औधोगिक करिडोरलाई बिशेष आर्थिक क्षेत्र (सेज) को सञ्चालन गर्ने प्रतिवद्धतामा उल्लेख छ ।
आफ्नो निर्वाचन क्षेत्रमा ढल, नाला र पानीको निकासलाई व्यवस्थित गरी व्यवस्थित बसोबासको प्रवन्ध मिलाउने, सडक बत्ती, सौर्य बत्ती तथा हरियाली प्रबर्द्धनका लागि सडकपेटीमा बृक्षारोपण अभियान अघि बढाउने पनि उहाँले प्रतिवद्धतामा उल्लेख गरेका छन् ।
पर्सा राष्ट्रिय निकुन्ज तथा छातापिप्रामा रहेको गढीमाई मन्दिरलगायत स्थानहरुलाई पर्यटन केन्द्रको रुपमा बिकास गर्ने तथा जङ्गली जनावर तथा प्राकृतिक बासस्थलहरुको संरक्षण तथा सम्बर्द्धन गर्ने पनि उल्लेख गरेका छन् । औधौगिक करिडोरमा मजदुरका लागि २ सय शैयाको सुविधा सम्पन्न मजदुर अस्पतालको निर्माण तथा सञ्चालनको प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन् ।
दक्षिण अफ्रिकामा ९० बलात्कारका घटनामा एक पुरुष दोषी ठहर
केप टाउन । दक्षिण अफ्रिकाको एक अदालतले मंगलबार एक व्यक्तिलाई ९० वटा बलात्कारका घटनमा दोषी ठहर गरेको छ । जोहानेसबर्ग नजिकैको पाम रिजको अदालतले ३८ वर्षीया न्कोसिनाथी फाकाथीलाई सो सजाय सुनाएको हो ।
पीडितमध्ये अधिकांश स्कुले छात्रा छन् । तीमध्ये केही नौ वर्षसम्मका बालबालिका पनि समावेश छन् । उक्त घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ ।
“उनले आफ्ना पीडितहरूलाई बिहान वा बेलुका स्कूल जाँदै वा फर्कने वा कामबाट फर्कने क्रममा निशाना बनाए । उनले आफ्नै घरमा पनि निशाना बनाए,“ राष्ट्रिय अभियोजन प्राधिकरणका प्रवक्ता लुम्का महन्जनाले एक विज्ञप्तिमा भने ।
“उनी गिजर वा अन्य घरायसी उपकरण मिलाउन आएका इलेक्ट्रीशियन भएको बहाना गर्थे र बलात्कार गर्थे । कतिपय अवस्थामा एक पटकमा एक भन्दा बढी व्यक्तिलाई बलात्कार गर्दा अन्यलाई हेर्न बाध्य पार्थे । ’ उनीबाट पीडित हुनेमा अधिकांश बालबालिका थिए । पीडितमध्ये ९ वर्षदेखि ४४ वर्षसम्मका थिए ।






