गुप्तालाई पाँचौ पटक संसद छिर्न कसले रोक्ला ?

कपिलवस्तु । निर्वाचनको मिति नजिकिएसँगै कपिलवस्तुमा चुनावी सरगर्मी तीव्र रूपमा बढेको छ। लगातार चार पटक निर्वाचित भएका गुप्ता पाचौ पटक संसद छिर्ने दाउमा छन। उनि संगै दुई पूर्वमन्त्री समेत संसाद छिर्न प्रतिस्पर्धामा छन। सो क्षेत्रमा पूर्वकानुनमन्त्री वृजेशकुमार गुप्ता, पूर्वकृषि तथा सहकारीमन्त्री अकवाल अहमद शाह र पूर्वसिँचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ ।

आचार्य कि शाह !

२०५६ सालमा राप्रपाबाट राजनीतिक यात्रा सुरु गरेका गुप्ता तराई मधेश लोकतान्त्रिका पार्टी (तमलोपा) हुँदै अघिल्लो निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए। २०५६ सालमा कांग्रेसका उम्मेदवार वीरेन्द्रकुमार कनोडियाविरुद्ध बागी उम्मेदवार भएका आचार्य त्यसपछि दोस्रो संविधान सभाको सदस्य पदमा निर्वाचित भई तीन महिना सिँचाइ राज्यमन्त्री भएका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (मानन्धर समूह) हुँदै, एमाले, राप्रपा, तमलोपा हुँदै हाल लोसपाबाट उम्मेदवार बनेका शाह डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा २५ दिन कृषिमन्त्री भएका थिए । समानुपातिकबाट संविधान सभा सदस्य भएका शाह यस पटक प्रत्यक्षतर्फ उम्मेदवार भएका छन ।

गुप्ता नेकपा एमाले, आचार्य बाम लोकतान्त्रीक गठबन्धन र शाह लोसपाबाट प्रतिनिधि सभा सदस्य पदको प्रतिस्पर्धामा छन। गुप्ताले अहिले पनि यस क्षेत्रका जनताले एमालेले गरेका विकासका काम देखेर आफुलाई बिजयी गराउनेमा आफु ढुक्क रहेको बताए ।

यता बाम लोकतान्त्रीक गठबन्धनबाट उमेदवारी दिएका आचार्यले स्थानीय निर्वाचनमा जनताले नेपालि कांग्रेसलाई विजय गराए जसरि आफुलाई बिजयी गराउनेमा विश्वस्त छन । शाहले यस क्षेत्रका लागि नयाँ अनुहार आउनुपर्ने भन्दै आफ्नो यो अन्तिम उमेदवारी रहेको र निर्वाचित भए अब युवापुस्तालाई अगाडी बढाउने बताउँछन। यस पटक कपिलवस्तु क्षेत्र नं २ मा निर्वाचन रोचक बन्ने मतदाताको आकलन छन । गुप्ता, शाह र आचार्य मध्य कसले बाजी मार्ला त्यो भने निर्वाचन पछि नै थाहा हुने छ।

तपाइको प्रतिक्रिया
(Visited 308 times, 1 visits today)

epaper

ताजा समाचार

शिक्षामा बजेटको समानुपातिक र आवश्यकतामा आधारित वितरण आवश्यक : मुख्यमन्त्री भट्ट