मंसिर ४ पछि नेकपा एमालेको एकल सरकार बन्छ : ओली

टीकापुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि नेकपा एमालेको नेतृत्वमा एकल सरकार बन्ने दाबी गरेका छन् ।
शनिबार कैलालीको अत्तरियामा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धन विकास र समृद्धिको बाधक भएकाले जनताले एमालेलाई नै मतदान गरेर देशको नेतृत्व लिने बताए ।

मंसिर ४ पछि नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै उनले राष्ट्रिय महत्वका योजनाहरु अघि बढ्ने बताए । गठबन्धनमा आबद्ध दलका नेतालाई देशकको विकास, समृद्धि र राष्ट्रियताप्रति चिन्ता र चासो नभई स्वार्थपूर्ति मात्र भएको उनले टिप्पणी गरे ।

बर्तमान गठबन्धन देशको विकास र समृद्धिका लागि नभई भागबण्डाका लागि भएको उनको आरोप छ । एमाले नेतृत्वको सरकारले ४१ महिना ८२ वटा महत्वपूर्ण काम गरेको उल्लेख गर्दै उनले देशको समृद्धि र विकासका लागि एमाले सरकार नै आवश्यक भएको जिकिर गरे ।

एमाले अध्यक्ष ओलीले वर्तमान गठबन्धन देशको विकास समृद्धिका नभई केबल जनतालाई झुटा आश्वासन दिएर चुनाव जित्नु र भागबण्डा गरेर खानु मात्र मात्र भएको बताए ।

चुनावपछि साझा सरकार बनाउने दाबी गर्ने गठबन्धनले साझा कार्यक्रम ल्याउन नसकेको उनले बताए । गठबन्धनले जितेपछि कसको कार्यक्रम लागू गर्ने ? आफ्नो आफ्नो घोषणापत्र छ, आफ्नो आफ्नो कार्यक्रम छ । यो घोषणापत्र जनता अलमल्याउन जारी गरिएको हो,’ उनले भने ।

गरिब, असहाय, सुकुम्बासी, मुक्तकमैयाका समस्या समाधान गर्न एमालेले नै गर्न सक्ने उनले बताए । उनले आफ्नो नेतृत्वको सरकारले राम्रो काम गर्न थालेपछि विरोधी तत्वहरु सल्बलाएर सरकार ढालेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भजनीमा गठबन्धनलाई हराउँदै रेशम चाैधरीका उम्मेदवार विजयी