रौतहट । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटले नेकपा बिप्लब समुहका रौतहट इन्चार्जसहित २ जनालाई शुक्रबार राती ११ बजे पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब निरिक्षक हेम बहादुर शाहीको नेतृत्वमा गएको टोली नेत्रविक्रम चन्द नेतृत्वको माओबादी बिप्लब रौतहट जिल्ला इन्चार्ज संकेत भनिने कुमार राई र जिल्ला सदस्य जगत गुरुङ रहेका छन् । दुवै जनालाई रौतहट र मकवानुरको सिमाबाट पक्राउ गरेको हो ।
उनीहरुको साथबाट एक थान नलकटुवा पेस्तोल एक थान ग्रिनेट बरामद गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरिक्षक शाहीले जानकारी दिए । उनीहरुलाई चन्द्रपुर नगरपालिका वडा नम्बर ३ को महादेव डाँडास्थित अल्जाजोर भन्ने स्थानबाट पक्राउ गरेको उनले जनकारी दिएका छन् ।
गत माघ १४ गते पनि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको प्रहरीटोलीले रौतहट जिल्ला सेक्रेटरी सृजना शाही र जिल्ला समिति सदस्य दुर्गा बललाई पक्राउ गरेको थियो ।






