आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको रौनक देशभर छाएको छ । हिमाल, पहाड, तराई, गाउँसहरमा चुनावी आकर्षण बढिरहेको छ । चोक, चियापसल, सार्वजनिक स्थल र बाक्ला बस्तीमा चुनावी बहस तथा दलगत रमाइला गीतसंगीत गुन्जिरहेको छ । चुनावको महत्वपूर्ण आकर्षण भनेको तीनै पुस्तामा चुनावी सरोकारको पहँुच पुग्नु हो । हरेक वर्ग, लिंग, जाति, समुदाय, सम्प्रदाय, भाषाभाषी सबै नागरिकले चुनावसँग उत्साहपूर्ण सरोकार राख्छन् भने लोकतान्त्रिक प्रणाली पुस्तान्तरणका निम्ति दिगो, मजबुत र कल्याणकारी दिशामा सबल हुँदै गइरहेको शुभ संकेत हो ।
मुलुकमा प्रजातन्त्र स्थापनाको चरण यस्तो थियो, जति बेला चुनावका निम्ति पैसा, भोजको प्रदर्शन र प्रतिस्पर्धा हुँदैनथ्यो । न त कार्यकर्ताले दलमा निःस्वार्थ भूमिका र समाजसेवाबाहेक लाभको अभ्यास र महत्वाकांक्षी अपेक्षा गर्थे । जनताको सेवाबाहेक उम्मेदवारमा शक्ति र सम्पत्ति आर्जनको महत्वाकांक्षा किमार्थ हुँदैनथ्यो । दुर्भाग्यवश हुन पुगे त्यसको पनि सीमा हुन्थ्यो । देश र जनताको सेवा गर्नु नेताको परम धर्म ठान्थे र जनता पनि निःशर्त विश्वास गर्थे । निर्वाचनमा सहभागी भएर आपूmलाई मन परेको नेतालाई मतदान गर्न पाउनु जनताले सौभाग्यको प्रतीक मान्थे । हर्षोल्लासले देशभर चुनावी पर्वोत्सव हुन्थ्यो । जनता खुसी हुन्थे । गर्व गर्थे । मतदानपछि परिवर्तन आउँछ । देशमा विकास हुन्छ भन्ने जनतामा विश्वास र उत्साह हुन्थ्यो । मानौं, त्यो चुनावी स्वर्णिम समय थियो ।
आज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालसम्म मुलुक आइपुग्दा विभिन्न चरणका निर्वाचनको सामना गरेका जनताले चुनावप्रति जबर्जस्ती आकर्षण, दबाब र प्रभावबाहेक सरोकार राख्नै छाडिसके । मार्क ट्वेनले चुनाव’bout टिप्पणी गरेजस्तो, ‘यदि भोटले परिवर्तन आउँथ्यो भने उनीहरूले हामीलाई भोट गर्न दिने नै थिएनन् ।’ यस्तै भयो । हाम्रा उम्मेदवार इमानदार नभएसम्म भोटले मात्र विकास र परिवर्तन चमत्कारबाहेक कठिन रहेछ भन्ने जनताले बुझे र चुनावी सरोकारमा विकर्षण बढाउँदै गए । नागरिक उत्तरदायित्वको सिद्धान्त पनि समयको बदलिँदो बहाबसँगै यसरी विकर्षण हुँदै गयो कि नेतामा इमानदारिता, नैतिकता, देशमा सुशासन, सुरक्षा र पारदर्शिता मुख्य रूपमा सुनिश्चित नभएसम्म सरकारको आज्ञाकारी भएर नागरिकले मतदान गर्नुबाहेक आधारभूत चुनावी सरोकारप्रति रुचि राख्दैनन् । न त मतदाता शिक्षाको पहुँचले नागरिकलाई चुनावी सरोकारप्रति आकर्षित गराउने ल्याकत राख्छ ।
चुनावी सरोकारको पहुँचमाथि पनि उम्मेदवारको बदलिँदो पुँजीवादी प्रवृत्तिको आक्रामक हस्तक्षेप निरन्तर भइरहेका कारण मतदाता आप्mना उम्मेदवारलाई शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार, निर्माण, समृद्धि र सुरक्षा’bout खुलेर रचनात्मक प्रश्न गर्दैनन् । जनता थाके ? प्रभाव र दबाबमा परे या चुनावी सरोकारको पहुँचबाट वञ्चित भए ? मात्र सरकारको आज्ञाकारी नागरिक भएर तोकिएको निर्वाचनको दिनमा मतदान गर्छन् । यसको गम्भीर असर निर्वाचनमा नागरिक उत्तरदायित्वप्रति मतदाताको मनोविज्ञान विचलित हुँदै गएको छ । अतः मौसमी निर्वाचनमा चुनावी सरोकारजस्तो महŒवपूर्ण चेतनाको हिस्सा जनताको मनोविज्ञानबाट स्खलित हुँदै गइरहेको छ, यो समग्र लोकतान्त्रिक प्रणालीकै निम्ति अशुभ संकेत हो । खराब परिणामभन्दा पूर्वानुमान हितकर हुन्छ ।
चुनावी सरोकारमा सहभागी हुनुपर्ने मतदाताको आधारभूत दायित्वको अभावमा वा लोकतन्त्रमाथि उम्मेदवारको चरम पुँजीवादी प्रवृत्तिको हस्तक्षेपले अघोषित रूपमा चुनाव भनेकै पैसा, भोज, दलीय मनोरञ्जन, तथा आम्दानी र शक्ति साम्राज्यको बेजोड प्रवेशद्वारका रूपमा मनोभाव विकसित हुँदै छ । निर्वाचनप्रति मौलाउँदो दलगत यो विषाक्त मनोभाव र प्रवृत्तिले प्रजातन्त्रदेखि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालसम्मका मूर्त, अमूर्त तथा आमूल उपलब्धिमाथि स्वयं हस्तक्षेप त गरिरहेको छ । यस’bout निर्वाचनमा सहभागिताका निम्ति योग्य दलबीच बिनाशर्त, बिनास्वार्थ राष्ट्रिय राजनीतिमा बृहत् साझा विमर्श गर्नैपर्ने आधारभूत शर्त निर्वाचन आचारसंहिताको समगठजोड हुन सक्छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको बुँदामा यस्तो मौलिक अभ्यासको सूत्रात्मक हिस्सा समेटेर चुनावी प्रचारप्रसारमा दलगत मनमौजी प्रयासमाथि सूक्ष्म हस्तक्षेप गर्न सक्छ ।
हाम्रा उम्मेदवारमा इमानजमान नभएसम्म भोटले मात्र विकास र चमत्कार हुन कठिन रहेछ भन्ने जनताले बुझेका छन्
अहिलेको माहोलमा निर्वाचन आचारसंहिताले दललको चुनावी प्रसारप्रसारमा भड्किलो नारा, जुलुस, भेला र आमसभाजस्ता मूर्त गतिविधिमा कानुनी र हस्तक्षेपकारी भूमिका खेले पनि जनमानस र लोकतान्त्रिक प्रणालीमाथि पर्ने अमूर्त असरमाथि हस्तक्षेपको असफलता’bout जबाफ सम्बन्धित निकायले दिन सकेको छैन । यो सकस हरेक निर्वाचनसम्म लम्बिनुहुँदैन । किनकि, हाम्रो समग्र लोकतान्त्रिक प्रणालीलाई प्रतिगामी, प्रतिशोधी, अवसरवादी र पुँजीवादी तŒवले आपूmअनुकूल उपयोग गरेर हाम्रो राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रतामाथि विष वर्षा गर्नेछन् । तसर्थ, सम्पूर्ण मतदाताले मतदानको महŒव राम्ररी बुझेर चुनावी सरोकार राख्नुपर्छ । नागरिकको चुनावी सरोकारबिनाको मतदानले न त लोकतन्त्र दिगो हुन्छ, न देशको समृद्धि र विकास हुन्छ । अन्यथा, मतदाता जुन जोगी आए पनि कानै चिरेको भन्ने उखानको मनोविज्ञानबाट ग्रसित भइरहनेछन् ।
चुनावी सरोकारको सवालः
मुलुक चुनावमय भइरहेको छ । सञ्चार माध्यममा सबैभन्दा धेरै चुनावका खबर पढ्न र सुन्न पाइन्छ । खेतबारी, बाटोघाटो, पानीपँधेरो, चियापसल सबैतिर उम्मेदवार भोट माग्दै गरेको अवस्थामा भेटिन्छन् । अनौठा उम्मेदवार इंगित गर्ने हो भने कतिपयले रक्तदान गरेर, खेतबारीमा काम गरिदिएर, मतदाताको खुट्टासमेत ढोगेर मत मागेको समाचार बनेका छन् । किनकि, उनीहरू मतको शक्ति, महत्व र लाभ’bout सबैभन्दा बढी जानकार छन् । त्यसैले, उनीहरू चुनावी सरोकारमा अग्रपंक्तिमा छन् ।
तर, समाजको सबैभन्दा पिँधमा रहेका गरिब, किसान, निमुखा, सर्वहारा मजदुर वर्गमा चुनावी सरोकारको पहँुच पुगेको छ ? के उनीहरू चुनावको आकर्षण र मतदानको महŒव’bout जानकार छन् ? के उनीहरू एउटा सचेत नागरिकले संकल्प गरेझै निर्वाचनपछि परिवर्ततनको मूर्त परिकल्पना गर्ने दृढता राख्छन् ? वा विगतका हाम्रा जनप्रतिनिधिप्रतिको अविश्वासको जड दृढतापूर्वक चिर्ने संकल्पसहित मतदान गर्छन् ? मौसमी चुनावको निश्चित मितिमा सरकारको आज्ञाकारी भएर चुपचाप मतदान गर्नुमात्र नागरिकको दायित्व होइन । उम्मेदवारसँग आधारभूत प्रश्न गर्ने, चित्तबुभ्mदो जबाफ खोज्ने, मतदाता शिक्षा’bout राम्ररी जानकारी राख्ने, उम्मेदवारका वाचापत्र’bout चासो राख्ने जस्ता मतदाताको क्रियाकलापले चुनावी सरोकारलाई पृष्ठपोषण गर्छ । जब यी सबै क्रियाकलापप्रति मतदाता आकर्षित हँुदैनन्, भोलि जनप्रतिनिधिले मतको दुरुपयोग गरे पनि उसलाई खबरदारी गर्ने, वाचापत्र कार्यान्वयन गर्न झकझक्याउने, प्रश्न गर्ने, विकास निर्माण, सुशासनमा ध्यानाकर्षण गर्ने, समृद्धिमा सहकार्य गर्न सघाउने, लोकतन्त्रप्रति नागरिक दायित्व वहन गर्नेजस्ता काममा नागरिकले आप्mनो भूमिकालाई निष्क्रिय राख्छन् ।
यसको दिगो असर मुलुकको आर्थिक, भौतिक, सामाजिक, राजनीतिक, प्रशासनिक, सांस्कृतिक सबै क्षेत्रमा पर्छ । अहिले हामी जुन अवस्थामा गुज्रिरहेका छौं, यसको जड चुनावसँग सरोकार नराख्ने, उम्मेदवारलाई प्रश्न नगर्ने, विकास र सुशासनमा सरकारी संयन्त्रको कार्यसम्पादनमा चासो नराख्ने प्रवृत्ति हो । मतदाता चुनावी सरोकारबाट वञ्चित रहनु हो । नेताहरू भौतिकवादी हुँदै गए । कांग्रेसले समाजवाद बिर्संदै गयो । कम्युनिस्ट कमाउनिस्ट हुँदै गए । सिद्धान्त बिर्सिंदै गए । नेताहरू राष्ट्रियता, विकास र समृद्धिप्रति गैरजिम्मेवार हुँदै गए । उनीहरूप्रति जनताको विश्वास घट्दै गयो । अन्ततः चुनावसँग सरोकार राख्नुपर्ने नागरिक दायित्वबाट समेत जनता क्रमशः विचलित हुँदै गए । यसको प्रत्यक्ष असर देशको समग्र विकासमा प¥यो र आज हामी जहाँ छौं, त्यही अनुचित पद्धतिको परिणाम हो ।
आज गरिब, किसान, निमुखा, सर्वहाराको सेवा गर्ने प्रतिबद्धतासहित मत माग्दै उम्मेदवार गाउँसहरका घरघर पुगेका छन् तर तराईका मिटरब्याजी पीडित न्याय खोज्न राजधानी पसेका छन्, । शरद ऋतुमा खेतमा धान काट्दै गरेका किसानको बर्सेनि समयमा मल नपाएर चित्त दुखेको छ । उम्मेदवार भोट माग्छन्, मतदाता मल । वित्तीय संस्थाले उठिबास लगाएका पीडितहरू बग्रेल्ती छन् । बाढीपहिरो पीडितको के छ हाल ? गुणस्तर शिक्षा र आधारभूत स्वास्थ्योपचारको पहुँचभन्दा बाहिर रहेका यी सबै पीडितको मानौं चुनावसँग कुनै सरोकार छैन । मतदानको कुनै औचित्य छैन । यो बिडम्बनाको बाबजुत सरकारको आज्ञाकारी भएर तोकिएको दिन मतदान गर्नुछ । जनताले ल्याएको लोकतन्त्र जोगाउनु जनताको कर्तव्य हो तर समाजको सबैभन्दा पिँधमा रहेको समाजसम्म चुनावी सरोकारको पहुँच नहुनु लोकतन्त्रप्रतिको सबैभन्दा अपमान हो ।
समृद्ध नेपाल र सुखी नेपालीको नारालाई पूरा गर्ने यो ऐतिहासिक अवसरमा योग्य उम्मेदवारलाई जिताएर पठाउन हामी मानसिक रूपमा परिवर्तन भएर भाग्य र भविष्यको फैसला गर्नैपर्छ
यो र प्रत्येक चुनाव हरेक लिंग, जाति, समुदाय, भाषाभाषी, महिला, दलित, उत्पीडितका निम्ति सरोकारमय छ । मुलुकलाई यो व्यवस्थासम्म ल्याउन उनीहरूको रगत पसिनाको ठूलो लगानी भइसकेको छ । गरिब देशको ढुकुटी असीमित सकिएको छ । लेखाजोखा गर्ने हो भने उपलव्धिभन्दा लगानी बढी भइसकेको छ । अब यो व्यवस्थामा टेकेर हामीले ल्याएको लोकतन्त्रको उपलव्ध’bout स्थानीय, क्षेत्रीय र राष्ट्रिय रूपमा बृहत्तर बहस गरी दलहरूको साझा प्रतिबद्धतापत्र बनाउन आवश्यक छ । त्यसका लागि हरेक नागरिक, प्रत्येक वर्ग समुदायमा चुनावी सरोकारको पहुँच हुन आवश्यक छ ।
ज्येष्ठ नागरिकको चुनावी सरोकारः
प्रजातन्त्रदेखि मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासम्म ल्याउन ज्येष्ठ नागरिकको योगदान ऐतिहासिक भएकाले खास उनीहरूका निम्ति यो र प्रत्येक चुनावी सरोकार अर्थपूर्ण हुन्छ । युवा पुस्ताले चुनावी सरोकारलाई संवेदनशील, बढी जिम्मेवार र श्रेयपूर्ण तरिकाले लिएका हुन्छन् भने नाति पुस्ताले अवसरका रूपमा लिएका छन् ।
पञ्चायती व्यवस्थादेखि नै मतदान गर्दै आएका कतिपय ज्येष्ठ नागरिक यो निर्वाचनमा मतदान गर्न सहभागी हुँदै छन् । तर, देश बनाउँछौं भनेर मत माग्ने उम्मेदवारलाई कयौंपटक भोट दिएका ज्येष्ठ नागरिक अझै उनीहरूप्रति खुसी छैनन् । अनेक प्रलोभन देखाएर भोट माग्छन् र जितेर गएपछि जनता र तिनका समस्यालाई चटक्कै भुल्ने सांसदहरूबाट दिक्क छन् तर पनि डुबेपछि उत्रिन जो कोहीले परालको त्यान्द्रो पनि समाउन खोज्छ भनेझंै मर्ने बेलासम्म देशको अवस्था परिवर्तन होला कि भनेर ज्येष्ठ नागरिक मतदान गर्छन् । ज्येष्ठ मतदाताको अपेक्षा तुलनात्मक रूपमा संकुचित नभएकाले चुनावी सरोकारलाई प्राथमिकतामा राख्छन् ।
उनीहरूले मुलुकमा आएको पटक–पटकको व्यवस्था र अवस्थालाई सबैभन्दा नजिकबाट मूल्यांकन गरेका छन् । अझै पनि जनप्रतिनिधिबाट चित्तबुभ्दो जबाफ पाएका छैनन् । तर पनि भोट माग्न आउने उम्मेदवारलाई प्रश्न गर्न छाड्दैनन् । विगतमा उम्मेदवारले भोट माग्दा गरेका वाचालाई भुलेका छैनन् र प्रश्न गरिरहन्छन् । कतिपय भूमिहीन नागरिकले लालपुर्जा पाएर आप्mनै नम्बरी जग्गामा घर बनाएर बस्ने सपना छ । प्रत्येक निर्वाचनमा उम्मेदवारले कुनै न कुनै आश्वासन देखाएर भोट माग्छन् तर जितेपछि वाचा बिर्सिन्छन् । र पनि, ज्येष्ठ नागरिक यो र प्रत्येक निर्वाचनमा सरोकार राख्छन् ।
हामीले ल्याएको लोकतन्त्रको दिगोपनका निम्ति निर्वाचन र अनिवार्य मतदान गर्नु नागरिक उत्तरदायित्व हो । नेताप्रति गुनासा छन्, उम्मेदवारसँग सोध्नुपर्ने धेरै प्रश्न छन् । तर, उनीहरूप्रति असन्तुष्ट हुँदैमा हामीले चुनावसँग सरोकार नै नराख्ने भन्ने हुँदैन । अतः नेताले हामीमाथि शासन गर्न चामत्कारिक रूपमा सत्तामा पुगेका होइनन्, हामीले पु¥याएका हौं । चुनाव भनेको देश र जनताको भाग्य र भविष्यको फैसला गर्ने अवसर पनि हो । भिक्टर प्mयांक प्रथमको भनाइजस्तै–‘जब हामी आप्mनो स्थिति परिवर्तन गर्न सक्दैनौं, तब आफंैलाई परिवर्तन गर्न बाध्य हुन्छौं ।’
अर्थात्, समृद्ध नेपाल र सुखी नेपालीको नारालाई पूरा गर्ने यो ऐतिहासिक अवसरमा योग्य उम्मेदवारलाई जिताएर पठाउन हामी मानसिक रूपमा परिवर्तन भएनौं भने देश र जनताको भाग्य र भविष्यको फैसला गर्ने यो सुनौलो अवसरबाट हामी उही पुरातन चिन्तन, निराशाको भुमरी र अक्षमतातर्फ फर्किनेछौं । त्यसैले, चुनावपछि नेतालाई गाली नगरौं । देशको अवस्थाप्रति गुनासो नगरौं । प्रणालीलाई घृणा नगरौं । प्रशासनप्रति प्रश्न नगरौं । आज मतदाता शिक्षाप्रति जानकारी राखौं । चुनावी सरोकारलाई प्राथमिकता दिऔं ।
(समाप्त)






