रविको नागरिकता वैधतामाथि किन प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने चितवन–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । उनको उम्मेदवारी विषयलाई लिएर मंगलबार निर्वाचन आयोगमा उजुरी प-यो ।

नेपाली नागरिकताको वैधतामाथि प्रश्न उठाउँदै लामिछानेविरुद्ध राजकुमार पाण्डेले उम्मेदवारी खारेजी माग गर्दैै निर्वाचन अधिकृत कार्यालयमा उजुरी दिएका हुन् ।

उजुरी परेलगतै आयोगले ‘लामिछानेलाई उम्मेदवारी खारेज किन नगर्ने ?’ भनेर स्पष्टीकरण सोध्यो । त्यसको जवाफ लामिछानेले दिइसकेका छन् । यद्यपि, उनको नागरिकता वैधता विषयमा भने आयोगले निर्णय गरिसकेको छैन ।

लामिछानेले पहिलोपटक २०५० सालमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता निकालेका थिए । अमेरिका गएपछि उनले त्यतैको नागरिकता लिएपछि ‘नेपाली नागरिकता’ खारेजी भयो ।

नेपाली नागरिकता खारेजीपछि उनले पुनः नागरिकता लिन चाहेमा पुरानो नम्बरमा नयाँ नागरिकता पाउँछन् । तर, उनले अझै पनि २०५० सालमा जारी नागरिकताले नै काम चलाइरहेका छन् । अहिले उनको सोही नागरिकताको वैधतामाथि प्रश्न उठेको हो ।

नागरिकता विवाद उठेपछि लामिछानेले सामाजिक सञ्जालमा आफू’bout भएको टिप्पणी’bout लेखेका छन्, ‘एउटा नेपालीले पहिले प्रेस काउन्सिलमा, त्यसपछि २०७६ सालमा चितवन प्रहरीमा, त्यसपछि चितवन जिल्ला सरकारी वकिलको अभियोगपत्रमा अनि चितवन जिल्ला अदालतको आदेश र फैसलामा, अनि उच्च अदालत हेटौंडाको आदेशमा, अनि चितवन जिल्ला सरकारी वकिल कार्यालयदेखि महान्यायाधिवक्ताको कार्यालयसम्म नागरिकताको विषय समेतमा विवेचना भई सेटल भइसकेपछि फेरि कति पटक स्पष्टीकरण दिनुपर्ने हो ?’

फेसबुक लाइभमा लामिछानेले ‘आत्महत्या दुरुत्साहनसम्बन्धी अभियोगका बेला यस’bout विवेचना भएको’ दाबीसमेत गरे । उनले बुधबार नै चितवन–२ मा कोणसभा गरेर ‘आफूविरुद्ध षड्यन्त्र भइरहेको’ दाबी गरे । तर, निर्वाचन आयोगमा उनले पेस गरेको नागरिकता विद्यमान नागरिकता कानुनअनुसार निष्क्रिय भइसकेको छ ।

लामिछानेले नागरिकता विषयमा ‘आत्महत्या दुरुत्साहनसम्बन्धी अभियोग लगाउँदा अदालतले टुंगो लगाइसकेको’ जनाए पनि फैसलामा भने ‘नागरिकता विषयमा कुनै कुरा उल्लेख गरेको’ पाइ“दैन । फैसलामा आत्महत्या दुरुत्साहन विषयमा मात्रै विवेचना गरिएको छ ।

लामिछानेको नागरिकता विवाद उठ्दा पहिलो कुरा उनले ‘अमेरिकी नागरिकता लि“दा नेपाली नागरिकता त्यागेका थिए कि थिएनन् ?’ भन्ने प्रश्न उठ्छ । अमेरिकी नागरिकता लिइसकेपछि नेपाली नागरिकता स्वतः खारेज हुनेछ । किनकि, दोहोरो नागरिकता लिन पाइने व्यवस्था छैन ।

लामिछानले नेपाली नागरिकता त्यागेको जानकारी नदिएर अमेरिकी नागरिकता लिएको भए उनको इमानदारितामाथि प्रश्न उठाउन सकिन्छ । दोस्रो उनले बारम्बार ‘आफूले अमेरिकाको नागरिकता त्यागेको’ बताउँदै आएका छन् । तर, अमेरिकी कानुनअनुसार उनले ‘नागरिकता त्याग प्रक्रिया पूरा गरेर प्रमाणपत्र प्राप्त गरेका छन् कि छैनन् ?’ भन्ने प्रश्न उठ्छ ।

रवि लामिछानेले भने ‘अमेरिकी नागरिकता त्याग गरेको’ बारम्बार दाबी गर्दै आएका छन् । त्यसअनुसार उनले प्रक्रिया सुरु गर्नका लागि आवश्यक दस्तुर २ हजार ३ सय ५० अमेरिकी डलर सन् २०१८ मा तिरेको रसिद सार्वजनिक भएको छ ।

तर, ‘अमेरिकी नागरिकता त्याग प्रक्रिया पूरा भयो कि भएन ?’ त्यसको प्रमाण सार्वजनिक गरिएको छैन । अमेरिकी कानुनअनुसार ‘संयुक्त राज्य अमेरिकाको नागरिकता परित्याग गर्न चाहेको व्यक्तिले इमिग्रेसन एन्ड नेसन्यालिटी एक्टको सेक्सन ३४९ (ए)(५) तथा ७ फरेन अफियर्स म्यानुअल १२६०’ प्रक्रिया पूरा गरेको हुनुपर्छ ।

रविले पुनः नेपाली नागरिकता प्राप्त गर्न नेपालको कानुनअनुसार ‘प्रक्रिया पूरा गरेका छन् कि छैनन् ?’ यो कुरा खुलाएका छैनन् । उनले दाबी गरेजस्तो पुरानै नागरिकता प्रयोग गर्न पाउने छैनन् ।

नागरिकतासम्बन्धी कानुनमा पुरानै नम्बर मात्रै ब्युँतने हो । नागरिकता पुनः नयाँ जारी हुने हो । नेपालमा नागरिकतासम्बन्धी कानुनमा ‘नेपाली नागरिकता पाएका नागरिकले अन्य कुनै देशको नागरिकता लिए नेपाली नागरिकता स्वतः खारेज हुने’ प्रावधान छ ।

नागरिकता ऐन २०६३ को दफा १० मा नेपाली नागरिकता कायम नरहने प्रावधानमा ‘नेपालको कुनै नागरिकले आफू खुसी कुनै विदेशी मूलको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम नरहने’ उल्लेख छ ।

सोही दफाको उपदफा (२)मा ‘नेपाली नागरिकले नेपालको नागरिकता त्याग्न तोकेबमोजिम सूचना गरेपछि तोकिएको अधिकारीले त्यस्तो सूचना दर्ता गरेको मितिदेखि नागरिकता कायम नरहने’ उल्लेख छ ।

नेपाल नागरिकता नियमावली–२०६३ को नियम ११ मा ‘त्यागेको नागरिकता कसरी प्राप्त गर्ने ?’ भन्ने उल्लेख छ । सो प्रावधानअनुसार ‘नागरिकता ऐनको दफा ११ बमोजिम नेपालको नागरिकता त्यागी विदेश गएको कुनै व्यक्तिले पुनः नेपाली नागरिकता प्राप्त गर्न चाहेमा विदेशी नागरिकता त्यागेको निस्सासहित निजलाई पहिला प्रमाणपत्र प्रदान गर्ने मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा अनुसूची ११ को ढाँचामा निवेदन दिनुपर्ने’ उल्लेख छ । सो सूची भनेको पहिलो पटक नेपाली नागरिकता लिँदा बुझाउनुपर्ने फारम नै हो ।

सोही नियमको उपनियम २ मा सूचनाको निवेदन प्राप्त भएपछि सूचना दर्ताको जानकारी दिई साविककै नागरिकताको विवरणसहितको नेपाली नागरिकताको प्रमाणपत्र जारी गरिने उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 516 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मजदुरका कुरा : दिनभर गिटी नकुटे भात पाक्दैन, उम्मेदवारका कुरा सुन्ने फुर्सद कहाँ पाउनु ?