कैलालीका ५२ मतदान केन्द्र अति संवेदनशील

धनगढी । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलालीमा सुरक्षाको दृष्टिकोणबाट अति संवेदनशीलमा पर्छन् । भोली आइतबार हुने निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले मतगणनाको परिणाम घोषणासम्म विशेष सुरक्षा व्यवस्था लागू गरेको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरन थापाले अतिसंवेदनशील जिल्लामा परेको कैलालीका लागि स्थानीय प्रशासनले विशेष सुरक्षा व्यवस्था लागू गरेको बताए । कैलालीका ५३ मतदान केन्द्रलाई सामान्य, १ सय ५३ मतदान केन्द्र संवेदनशील र ५२ मतदान केन्द्रलाई अति संवेदनशीलमा छुट्याएको छ ।

‘जिल्लाभरमा ५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन’ उनले भने । जिल्ला सुरक्षा समितिको टोलीले कैलालीका ५ वटै निर्वाचन क्षेत्रको मतदान केन्द्रको सुरक्षा र अन्य तयारीको अनुगमन गरेर फर्केको उनले उल्लेख गरे ।

जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेम भट्टका अनुसार कैलाली निर्वाचनका लागि ५ हजार ५२ कर्मचारी, २ हजार ५ सय स्वयंसेवक परिचालन छन् । जिल्लामा ६ सय २९ मतदान केन्द्र छन् । बिहीबार ५ वटै निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पु¥याइएको छ । मतदान केन्द्रमा महिला र पुरुषका छुट्टै लाइन हुनेछन् ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे