इलामकाे शिरिसे मावि मतदान केन्द्रनजिक बम विस्फोट

लाम । इलामको माइजोगमाई गाउँपालिका–५, सोयाङको शिरिसे मावि मतदान केन्द्रनजिक बम विस्फोट भएको छ । तर, मतदानमा त्यसले कुनै असर नगरेको र मतदान जारी रहेको प्रहरीले जनाएको छ ।

मतदान चलिरहेकै बेला केही तल अम्ब्रीसोबारीमा विस्फोटको ठूलो आवाज आएको थियो । माटोमुुनि पुरेको अवस्थामा रहेको वस्तु पड्किएको तर कुनै क्षति नभएको निर्वाचनमै खटिएका एक पर्यवेक्षकले जानकारी दिए ।

प्रहरीले नियतबस विस्फोट गराइएको देखिए पनि मतदानमा कुनै असर नभएको बताएको छ । जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले कसैले तर्साउन विस्फोट गराएको हुनसक्ने भएपनि मतदान शान्तिपूर्ण रूपमा चालु रहेको बताए

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

epaper

ताजा समाचार

‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित