सुखबोध मावि मतदान केन्द्रमा ३ पटक विष्फोट

पाँचथर । फिदिम नगरपालिका–४, जोरसालस्थित सुखबोध मावि मतदान केन्द्र नजिकै ३ पटक विष्फोट भएको छ । सुखबोध मावि मतदान केन्द्र आसपासमा आज (आइतबार) बिहान १ पटक र दिउँसो २ पटक बिष्फोटक पदार्थ विष्फोट भएको थियो । विष्फोटका कारण मतदाता त्रसित बनेका छन् ।

उक्त मतदान केन्द्र सदरमुकाम फिदिम बजारबाट २ किलोमिटर टाढा रहेको छ । सशस्त्र प्रहरी वलको ब्यारेकबाट थोरै मात्र टाढा रहेको केन्द्रमा ३ पटक विष्फोट भएको आवाज सुनिएको स्थानीयले बताएका छन् ।

सो केन्द्रमा अहिले कडा सुरक्षा प्रबन्धकाबीच मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए । कसले किन विष्फोट गराएको हो, हालसम्म खुल्न सकेको छैन ।

३५ प्रतिशत मत खस्याे

पाँचथरमा अपरान्ह २ः३० बजे सम्ममा ३५ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए । पाँचथरमा कूल १०२ मतदानस्थलमा १७७ मतदानकेन्द्र छन् । जिल्लामा यसपल्ट १ लाख ३८ हजार ९३२ मतदाता छन् ।

तपाइको प्रतिक्रिया
(Visited 220 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे