४ स्थानमा मतदान स्थगित

काठमाडौं । आइतबार सम्पन्न निर्वाचनमा चारवटा मतदान स्थलमा मतदान स्थगित भएको छ । राजनीतिक दलका प्रतिनिधिबीच विवाद, मतपत्र प्रयोगमा विवादलगायतका कारणले मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सुर्खेत, नवलपरासी, गुल्मी र बाजुराका चार स्थानमा मतदान स्थगित भएको जानकारी दिए ।

त्यसअघि आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा भने १५ मतदान स्थलमा मतदान स्थगित भएको बताइएको थियो । तर, बाँकी मतदान स्थलमा मतदान सुचारु भएको जानकारी आयोगले आइतबार राति पाएको हो ।

आयोगले स्थगित भएका मतदान केन्द्रमा आवश्यक तयारी गरेर दुई दिनभित्र मतदान गराउन निर्देशन दिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए । उनका अनुसार स्थगित भएका नवलपर ासीका मतदान स्थलमा सोमबार, गुल्मीमा मंगलबार, सुर्खेतमा बुधबार र बाजुरामा समेत छिट्टै नै मतदान सम्पन्न गर्न निर्देशन भइसकेको जानकारी दिए ।

आयोगले सामान्य विवाद भएका मतदान केन्द्रहरूमा भने राजनीतिक दल, उम्मेदवार तथा निर्वाचनका लागि खटिएका कर्मचारीको सहमतिमा पुनः मतदान सुचारु गराएको थियो । निर्वाचन शान्तिपूर्ण ः प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताएका छन् ।

मतदान सम्पन्न भएपछि गृहजिल्ला डडेल्धुरामा रहेका देउवाले सामाजिक सञ्जालमार्फत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताएका हुन् । उनले निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई विशेष धन्यवादसमेत दिए । ‘निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु’, उनले भनेका छन्,’ प्रधानमन्त्री देउवाले भनेका छन् ।

उनले निर्वाचन सफल गराउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकलगायत सबैमा धन्यवाद तथा आभार व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
(Visited 104 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नु भएको हो थाहा छैन : रबि लामिछाने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
जो १ मतले विजयी भए…