पोखरा । प्रतिनिधि सभातर्फ कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छ । सो पार्टीका उम्मेदवार माधवप्रसाद कँडलले पाँचदलीय गठबन्धनका साझा उम्मेदवार र एमालेका उम्मेदवारलाई पछि पारेका हुन् । पोखरा सभागृहमा हालसम्म १ हजार ७ सय ४ मत गणनामा कँडेलले ५ सय २८ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा रहेकी एमालेकी विद्या भट्टराईले ३ सय ९७ र एकीकृत समाजवादीका श्रीनाथ बरालले २ सय ९६ मत प्राप्त गरेका छन् । राप्रपाका सुवर्णराज पन्तले २ सय ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कास्कीको क्षेत्र १ र ३ को मतगणना सुरु भइसकेको छैन ।
तपाइको प्रतिक्रिया
(Visited 373 times, 1 visits today)






