आर्यनको एक्सन अवतार

काठमाडौं । ३० डिसेम्बर अर्थात् १५ पुसबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने भनिएको नेपाली चलचित्र डिसेम्बर फल्सको टिजर रिलिज गरिएको छ ।

केही वर्ष फिल्मबाट विश्राम लिएका अभिनेता आर्यन सिग्देल यो सिनेमाबाट फेरि दर्शकमाझ आउँदै छन् । चकलेटी छवि दर्शकमाझ बनाएका यी अभिनेता यो चलचित्रमा भने पूर्ण एक्सन अवतारमा छन् ।

यतिबेला युट्युबबाट सार्वजनिक गरिएको १ मिनेट १५ सेकेन्ड लामो टिजरमा आर्यनलाई एक्सन भूमिकामा प्रस्तुत गरिएको छ । आर्यनको प्रेमीका बनेकी अभिनेत्री उपासना सिंह ठकुरी नर्सको भूमिकामा छिन् । प्रेम प्राप्तिका लागि आर्यन यो फिल्ममा पूर्ण एक्सनमा उत्रिएका छन् । फिल्मको टिजर नै एक्सनमा केन्द्रित हुनेले यो एक्सन जनराको फिल्म भएको जनाउँछ ।

बलिउडका निर्देशक प्रवीण झाले यो फिल्म निर्देशन गरेका हुन् भने यसको छायांकार महेश आर गुप्ता पनि बलिउडकै छायांकार हुन् । आपूmले बलिउडको स्वादको नेपाली चलचित्र डिसेम्बर फल्स बनाएको प्रवीणको दाबी छ । फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । यसअघि ‘वान डे’, ‘कसम’,धुवाँ यो नसा’ र ‘कायरा’ निर्माण गरिसकेका रिजाल ‘डिसेम्बर फल्स’प्रति निकै आशावादी रहेको बताएका छन् ।

यो फिल्ममा आर्यन र उपासनाका साथमा सलोन बस्नेत, सुमन थापा, नरेश भट्टराई, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायत कलाकारको मुख्य भूमिका छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको प्रस्तुतकर्ता रामप्रसाद रिजाल हुन् भने कार्यकारी निर्मातामा लक्ष्मण रिजाल र असिम काफ्ले छन् । रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता रहेको फिल्मको कथा बिपिका खनालले लेखेकी हुन् । पटकथा र संवाद केदार भुसाल र प्रतीक पौडेलले तयार पारेका हुन् । मनीष शाहले सम्पादन गरेको फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रवीण सिंहको कोरियोग्राफी छ । फिल्मको वितरण सुनिल मानन्धरले गर्दै छन् ।

तपाइको प्रतिक्रिया
(Visited 136 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
खोटाङका दुई स्थानीय तहमा पहिलोपल्ट महिला नेतृत्व