पर्सामा पनि मतगणना सुरु

वीरगन्ज । मध्य तराईको पर्सामा पनि निर्वाचनको मतगणना सुरु गरिएको छ । पर्साको क्षेत्र नं १ र २ को मतगणना दिउसो सवा १ बजेबाट सुरु गरिएको हो ।

पर्साको आर्थिक नगरी वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य दुवै तर्फ को मत गणना एकै पटक सुरु गरिएको छ ।

४ वटा निर्वाचन क्षेत्र रहेको पर्साको क्षेत्र नं ३ र ४ को पनि मत गणना लगत्तै सुरु गरिने पर्साका मुख्य निर्वाचन अधिकृत विनोद पोख्रेलले बताए । क्षेत्र नं ३ र ४ को मत गणना भने जिल्लाको दोस्रो सदरमुकामका रुपमा चिनिएको पर्साको पोखरिया स्थित जिल्ला उचांउल मा वि मा मत गणना हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

epaper

ताजा समाचार

नेपालतर्फको हिमनदी भत्किँदा विपत्ति आएको होः चिनियाँ विदेश मन्त्रालय