काठमाडौं–१ बाट कांग्रेसका प्रकाशमान सिंह र मनाङमा टेकबहादुर गुरुङ निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । झिनो मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उनी चौथोपटक सांसद बनेका छन् ।

सांसद बन्न सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरे । सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए । यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए । त्यतिबेला करिब ८ सय मतान्तरले प्रकाशमान विजयी भएका थिए ।

मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन् । कांग्रेसका गुरुङले २ हजार ५ सय ७७ मत पाउँदा एमालेका गुरुङले २ हजार २ सय ४७ मत पाएका छन् । विजयी भएका गुरुङ मनाङबाट दोस्रोपटक निर्वाचित भएका हुन् । ०७० मा संविधानसभा सदस्य बनेका उनी श्रम तथा रोजगार राज्यमन्त्रीसमेत भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजमार्गमा पर्ने भवन भत्काउदैँ इटहरी उपमहानगरपालिका

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जनमोर्चा र माओवादी केन्द्र विजयी