रौतहट । रौतहट क्षेत्र नम्बर-१ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेकपा एमालेका उमेदवार अजयकुमार गुप्ताले मतान्तर घटाउदै लगेका छन् । सुरुवाती अबस्थामा माधब नेपालले अग्रता बढाएका लिएका थिए । अहिले सो मतअन्तर एमाले उमेदवार गुप्ताले घटाउदै लगेका छन् । हाल सम्म सो क्षेत्रमा माधब नेपालले ७१११ मत ल्याएका छन भने नेकपा एमालेका उमेदवार गुप्ताले ६६९६ मत ल्याएर पछयाइरहेका छन । नेपाल र गुप्ता बिच ४१५ मतको अन्तर रहेको छ । हाल सम्म गौर नगरपालिकाको वाड नं. १ देखी ६ सम्म र यमुनामाइ गाउँपालिकाको केही वाडमा मत गणना भएको छ ।
यस्तैगरी क्षेत्र नम्बर २ मा प्रभु साह पक्षका स्वतन्त्र उमेदवार किरण साहले अग्रता कायम गरिराखेका छन । हाल सम्म साहले ३१७७ मत ल्याएका छन भने नेपाली कांग्रेसका फिरदोस आलमले २९२१ मत ल्याएर पछाइरहेका छन । यसैगरी क्षेत्र नम्बर ३ मा एमाले छाडेर स्वतन्त्र उमेदवार दिएका प्रभु साहले आफनो अग्रतालाइ बढाइरहेका छन । पछिल्लो मत परिणाम अनुसार साहले ३९५५ मत ल्याएका छन भने अर्का स्वतन्त्र उमेदवार ओम प्रकाश जयसवालले २५६२ मत ल्याएका छन् ।
यस्तै रौतहट क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उमेदवार देब प्रसाद तिमलसिनाले अग्रता लिएका छन । पछिल्लो मत परिणाम अनुसार तिमलसिनाले ४५३४ मत ल्याएका छन भने नेकपा एमालेका उमेदवार उद्धब रेग्मीले ३७०५ मत ल्याएर पछयाइरहेका छन ।