बाँकेमा राप्रपाका डा धवलशम्शेर विजयी

नेपालगञ्ज । बाँके–२ मा राप्रपाका महामन्त्री डा धवलशम्शेर राणा विजयी भएका छन् । एमाले–राप्रपा गठबन्धनबाट विजयी भएका राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका निकटतम् प्रतिद्वन्द्वी मोहम्मद इस्तियाक राईले २३ हजार पाँच सय २० मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरेका छन् । नेपाली कांग्रेसका सुदीपनरसिंह राणा चार हजार चार सय तीन मत ल्याएर तेस्रो भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको दुईपटक प्रमुख भएका राणालाई साझा उम्मेदवारका रूपमा हेरिएको थियो । क्षेत्र नं २ मा ९७ हजार आठ सय तीन मतदाता रहेका थिए ।

बाँके क्षेत्र नं २ (१) बाट जसपाका भण्डारीलाल यादव विजयी भएका छन् । जनता समाजवादी पार्टी(जसपा) नेपालका यादवले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले–राप्रपा) गठबन्धनतर्फका एमालेका विजयबहादुर यादवलाई हराउँदै विजयी भएका हुन् । उनी दुई हजार दुई सय मतान्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जसपाका यादवले कुल ११ हजार पाँच सय चार मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका एमालेका विजयबहादुर यादवले नौ हजार तीन सय ५८ मत पाउँदा नेपाली कांग्रेसका राजकुमार कुर्मीले आठ हजार सात सय ३१ मत पाएका छन् । बाँके २ (१)मा ३५ हजार आठ सय ६८ मत खसेको थियो । त्यसमा ३३ हजार चार सय ८५ मत सदर भएको थियो भने दुई हजार तीन सय ८३ मत बदर भएको थियो ।

बाँके २(२) बाट जसपाका आदेशकुमार अग्रवाल आठ हजार दुई सय ४६ मत पाएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका निरक गुरुङले छ हजार सात सय नौ मत पाउँदा कांग्रेसका सुरेन्द्रबहादुर हमालले छ हजार दुई सय ४६ मत पाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री दाहाल असमझदारी हटाउन ओली निवासमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
गठबन्धनले संयुक्त चुनावी सभा गर्न नसक्नुकाे कारण यस्ताे छ