भोला बने अजय देवगन

मुम्बई । बलिउड अभिनेता अजय देवगन आफ्नो नयाँ फिल्म दृष्यमा २ को ससक्त व्यापारले निकै उत्साहित छन् । उनको यो फिल्मले २०० करोडसम्मको व्यापार गर्ने अनुमान गरिएको छ ।

यो फिल्म रिलिजको चौथो दिन पनि बक्स अफिलमा त्यत्तिकै रुचाएपछि उनले यही मौकामा आफ्नो अर्को नयाँ फिल्म ‘भोला’को यतिबेला टिजर रिलिज गरेका छन् । यसमा उनी शिर्ष भूमिकामा छन् ।

भोलाको टिजरलाई पनि दर्शकले रुचाएपछि उनी थप चर्चामा छन् । यो फिल्ममा उनी पूर्ण एक्सन अबतारमा छन् । फिल्मको टिजर निकै सस्पेन्स रहेकाले अजय देवगन यसमा कस्तो भूमिकामा देखिनेछन् भन्ने जिज्ञासा उब्जिलएको छ । उनको ’boutमा सस्पेन्स मात्र देखाईएको छ ।

यस टिजरका अनुसार अजय देवगन लामो समयदेखि बन्द जेलमा देखिएका छन्। यसबाहेक एउटी छोरीलाई पनि देखाइएको छ । जसलाई कसैले लैजान्छ भनेर भनिन्छ । जसमा अजय देवगनले आफ्नो निधारमा टिका लगाएर त्रिशूलमार्फत एक्सन अबतार लिएका छन् । सोमबार मात्र अजय देवगनले भोलि ठूलो धमाका हुने घोषणा गरेका थिए । मँगलबार यो टिजर रिलिज भएपछि धेरैले मन पराइरहेका छन् ।

अघिल्लो फिल्म थ्याँक गड असफल हुँदा अजय देवगन निकै चिन्तित थिए । जसमा अजय देवगनसँगै सिद्धार्थ मल्होत्रा र रकुल प्रीत सिंहको मुख्य भूमिका थियो । तर यतीबेला दृष्यम २ ले उनको उत्साह थपेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 443 times, 1 visits today)

epaper

ताजा समाचार

इरानसँग तत्काल पुनः वार्ता सुरु हुने, हर्मुज जलमार्ग सम्झौताका लागि छलफल अन्तिम चरणमा