बाराका ६ पूर्वमन्त्रीहरुलाई विरासत जोगाउन सकस

बारा । प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा बाराका ६ पूर्वमन्त्रीहरु विरासत जोगाउन सकस परेको छ । बाराको ४ वटा निर्वाचन क्षेत्रबाट नेपाल सरकारका पाँच जना र प्रदेशका भौतिक मन्त्री गरी ६ जनालाई विरासत जोगाउन सकस परेको हो ।

क्षेत्र नम्वर १ मा नेपाल सरकारको खानेपानी मन्त्री उमाकान्त चौधरी आफनो जित दोहर्याउने दाउमा रहेका छन् । भने खानेपानी मन्त्री चौधरीलाई पछि पार्दै नेपाल कम्युनिष्ट पार्टी एमालेबाट पुर्व प्रधानमन्त्रीका सल्लाहकार अच्युत मैनाली अग्रता लिएका छन् । २० हजार तीन सय ८ मत ल्याई मैनाली अगाडी छने भने पुर्व मन्त्री चौधरी १६ हजार २ सय ७६ मत ल्याई पन्छयाई रहेका छन् ।

२०७४ को चुनावमा चौधरीले नेकपा एमालेका मैनालीलाई २ हजार ५ सय भोटले हराएर मन्त्री पडकाएका थिए । उनि कृषि सहायक मन्त्री, स्वास्थ्य मन्त्री र खानेपानी गरि ३ चोटी मन्त्री बनिसकेका छन् । चौधरी जितेर आफनो क्षेत्रको लागि विकास गरे पनि प्राँय उनको बसाई काठमान्डौ केन्द्रित भएकोले मतदाताहरु यसपाली रुष्ट देखिन्छन । सिम्रौनगढ नगरपालिका कोल्भी नगरपालिका र निजगढ नगरपालिका गरि जम्मा १ लाख १९ हजार ३ सय ७५ मतदाता रहेका छन् ।

त्यस्तै क्षेत्र नम्वर २ मा वन मन्त्री रामसहाय यादवले आफनो विरासत जोगाउन उकुसमुकुस भएको छ । उनलाई स्वतन्त्र र गठबन्धनका उम्मेदारहरुले कडा टक्कर दिदै आएका छन् । स्वतन्त्र उम्मेदवार राककिशोर यादवले ६ हजार एक सय ६० मत ल्याएर अग्र स्थानमा रहेका छन् । भने पुर्व मन्त्री यादवले पाँच हजार ६ सय ३३ मत ल्याएर पन्छयाई रहेका छन् । तेस्रो स्थानमा गठबन्धनका साझा उम्मेदवार शिवचन्द्र कुशवाहाले पाँच हजार ५३ मत ल्याएका छन् । एक लाख पाँच हजार ११ मतदाता संख्या रहेको छ ।

क्षेत्र नम्वर ३ मा नेकपा एमालेबाट नेपाल सरकारका पशु पन्छी मन्त्री ज्वाला साहले जनता समाजवादीका संसद रामबाबु यादवलाई कडा टक्कर दिदै आएकी छिन । यस क्षेत्रमा कलैया उपमहानगरपालिकाको १० र जितपुरसिमराको २७ वटा वडा गरि ३७ वटा वडा रहेको छ । कलैयाको १० वटा वडाको मत गणना गर्दा सम्म यादव ६ हजार ६ सय ११ मत ल्याएका छन भने साहले ६ हजार ४ सय २७ मत ल्याई उनलाई पछयाई रहेका छन् ।

बारा निर्वाचन क्षेत्र नम्बर ३ ले साँसद नदोह¥याउने क्षेत्रको रुपमा पहिचान बनाएको क्षेत्र हो । प्रतिनिधि सभा निर्वाचन २०४८ साल यता यस क्षेत्रले निरन्तर साँसद फेरिरहेको देखिन्छ ।

तीन दशक यता यस क्षेत्रले लगतार प्रतिनिधि सभा सदस्यको नेता फेर्दै आइरहेको छ । मतदाताको चाहना अनुरुप विकास नहुदाँ निरन्तर साँसद फेरिरहेको यस क्षेत्रको एतिहास छ । तीन दशक यता यस क्षेत्रले रिशिकेष गौतम, पुरुषोत्तम पौडेल, प्रमोद गुप्ता, फर्मुला मंसुर र रामबाबु यादव गरी पाँच जना साँसद पाएर समेत विकासको अनुभुति गर्न नसकेको आक्रोस छ । यस आधारमा पनि भाग्यले साथ दियो भने नया अनुहारको रुपमा साह निर्वाचित हुने मतदाताहरु आकलन गर्न थालेका छन् ।

त्यस्तै क्षेत्र नम्वर ४ मा बाम गठबन्धनको तर्फबाट पुर्व श्रम तथा रोजगारी मन्त्री किसान श्रेष्ठलाई बलियो उम्मेदवारको रुपमा खडा गरिएको छ । उनलाई लोकतान्त्रिक समाजवादीबाट खेलकुद मन्त्री भई एमाले प्रवेश गरेका एकबाल मियाले पछयाई रहेका छन् ।

कलैया उपमहानगरपालिकाको १७ नम्वर वडा र फेटा गाउपालिकाको ४ वटा वडा, प्रसौनी गाउपालिकाको ६, विश्रामपुरको ५ परवानीपुरको ५ र जितपुरसिमरा गरि ३८ वटा वडा रहेको छ । एक लाख पाँच हजार ९ सय ७० मतदाता रहेका छन् । तीन सय ८ दशमलव १३ वर्ग किलोमिटरमा फैलिएको छ । भने यस क्षेत्रबाट प्रतिनिधि सभामा गठबन्धन र स्वतन्त्र गरि २० जनाले उम्मेदवारी दिएका छन् । कुल ७२ हजारको हराहरीमा मत खसेको निर्वाचन अधिकृत सरोज चौधरीले जानकारी गराएका छन् ।

यसरी बाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले २० हजार एक सय ५५ मत ल्याएर अग्रस्थानमा छन भने उनलाई नेकपा एमालेबाट उम्मेदवार बनेका मियाले १३ हजार ४ सय ९० मत ल्याएर पन्छयाई रहेका छन् । पुर्व मन्त्री श्रेष्ठले आफनो बलियो पकड रहेको क्षेत्रमा भारी मतले विजयी भएर आफनो विरासत जोगाउने दाउमा रहेका छन् ।

प्रदेशका भौतिक तथा पुर्वाधर मन्त्री जितेन्द्र सोनलले बारा क्षेत्र नम्वर ४ (ख) बाट चुनाव जितेर आफनो विरासत जोगाउने दाउमा रहेका छन् । बाम गठबन्धनबाठ साझा उम्मेदवार बनेका सोनलले ११ हजार तीन सय ६४ मत ल्याएर अग्र पक्तिमा रहेका छन् । भने उनलाई लोकतान्त्रिक समाजवादीबाट आत्माराम साह ६ हजार ९ सय ५८ र स्वतन्त्र उम्मेदवार उमेश कुशवाहाले ६ हजार चार सय १५ मत ल्याएर पन्छयाई रहेका छन् ।

५५ हजार चार सय ३७ मतदाता संख्या रहेको यस क्षेत्रबाट १५ जना उम्मेदवारहरु चुनाव लडेका छन् । फेटा गाउपालिकाको ४, प्रसौनीको ६, विश्रामपुर ५ र परवानीपुर ५ वटा वडा गरि २० वटा वडाहरु रहेका छन् । कुल ३७ हजार मत खसेको निर्वाचन कार्यालले जनाएको छ । पुर्व मन्त्री सोनलको जितको औपचारिक घोषणा हुन बाकी रहेको छ ।

बारामा ६६ दशमलव ८६ प्रतिशत मत खसेको निर्वाचन अधिकृत चौधरीलृे बताएका छन् । एक लाख ५२ हजार ६४ जना पुरुष र एक लाख ३३ हजार सात सय ७६ महिला र एक जना अन्य गरि २ लाख ८५ हजार ८ सय ४१ ज्नाले आफनो मत अधिकार प्रयोग गरेका थिए । बारामा कुल ४ लाख ३३ हजार मतदाता संख्या रहेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा तीन सय ५ मतदान केन्द्र रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लामिछानेको सांसद पद नरहने पाँच कारण

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
दुई पार्टीकाे टिकट पाएपछि डोल्पाको शे फोक्सुण्डो गाउँपालिका अध्यक्ष धावा सन्दु गुरुङ निर्विराेध