काठमाडौं उपत्यकामा माओवादी शून्य !

काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्र काठमाडौंमा शून्य हुने अवस्थामा पुगेको छ । प्रतिनिधिसभा सदस्यका लागि उपत्यकामा माओवादी केन्द्रले १५ मध्ये ७ क्षेत्रमा उम्मेदवार उठाएको थियो । तीमध्ये पाँच क्षेत्रमा माओवादी केन्द्र पराजित भइसकेको छ । बाँकी दुई क्षेत्रमा पनि हार्ने निश्चित देखिएको छ ।

काठमाडौं–२ मा माओवादीकी ओनसरी घर्ती मगर चौथो भइन् । उनी यस क्षेत्रबाट सांसदमा निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्र्टीकी सोविता गौतमसँग ६ हजारभन्दा बढी मतले पछाडि परेकी छन् ।

मगरले ९ हजार ४ सय ४९ ल्याउ“दा गौतमले १५ हजार २ सय २९ मत ल्याएकी छन् । मगर यसअघि दुईपटक समानुपातिक र एकपटक प्रत्यक्ष गरी तीनपटक संघीय सांसद भइसकेकी छन् । यसपटक भने उनको सांसद बन्ने बाटो अवरुद्ध हुन पुगेको छ ।

काठमाडौं क्षेत्र ३ मा माओवादी केन्द्रबाटै उम्मेदवारी दिएका बद्रीप्रसाद बजगाईं तेस्रो भए । उनले यस क्षेत्रमा १ हजार मत पनि कटाउन सकेनन् । यहाँबाट सांसदमा निर्वाचित नेपाली कांग्रेसका सन्तोष चालिसेले १५ हजार १ सय ५८ मत ल्याउ“दा बजगाईंले ५ सय १८ मत मात्रै पाए ।

यता, काठमाडौं–७ बाट माओवादी केन्द्रबाट उठेकी मानुषी यमी भट्टराई पनि तेस्रो भइन् । उनले ६ हजार ६३ मत ल्याएकी छन् । यो क्षेत्रबाट रास्वपाका गणेश पराजुलीले ८ हजार ७ सय ४३ मत ल्याएर विजय हासिल गरे ।

त्यस्तै, माओवादी केन्द्रबाट काठमाडौं–९ मा उठेकी कल्पना धमला पनि भारी मतान्तरले पराजित भइन् । धमला नेकपा एमालेबाट उम्मेदवार बनेर सांसद चुनिएका कृष्णगोपाल क्षेष्ठसँग झन्डै दोब्बर मतान्तरले पराजित भएकी छन् । उनले ६ हजार ४ सय २ मत ल्याउदा श्रेष्ठले ११ हजार ९ सय ५६ मत ल्याएर विजय हासिल गरे ।

काठमाडौं–१० मा पनि माओवादी कमजोर साबित भएको छ । माओवादीकी उम्मेदवार अञ्जना विशंखे चौथो भइन् । उनले ५ हजार २ सय ६२ मत ल्याउँदा नवनिर्वाचित सांसद नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीले १४ हजार ४ सय ५८ मत ल्याएका छन् ।

भक्तपुर–१ को अन्तिम परिणाम आइसकेको छैन । तर, माओवादीका उम्मेदवार सुनिल गोठे पराजित हुने निश्चित देखिन्छ । गोठे २ हजार ९ सय ६८ मतसहित चौथो स्थानमा छन् ।

यहाँ नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल १५ हजार ६ सय ५२ मतसहित पहिलो स्थानमा छन् । ललितपुर–३ मा पम्फा भुसालले ‘पक्का’ जित्ने अनुमान माओवादीको थियो । तर, यो निर्वाचनमा भुसाल हार्ने निश्चित छ । उनले यसअघिका दुई निर्वाचनमा विजयी प्राप्त गरिसकेकी थिइन् ।

उनी ५ हजार ९ सय ३९ मतसहित तेस्रो स्थानमा छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की उनीभन्दा तेब्बर मतले अगाडि छिन् । कार्की १५ हजार ८ सय ५१ मतसहित अग्रस्थानमा छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार गठन गर्न एमाले र कांग्रेस गठबन्धनद्वारा छुटाछुटै कसरत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९