धादिङ क्षेत्र नं २ मा कांग्रेसका अधिकारी विजयी

धादिङ । धादिङ क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी ३४ हजार चार सय ८३ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार खेम लोहनीले २३ हजार नौ सय ५० मत प्राप्त गरे । दुई उम्मेदवारको मतान्तर १० हजार पाँच सय ३३ रहेको छ । धादिङ क्षेत्र नं २ मा एक लाख ३३ हजार छ सय ४२ मतदाता रहेकामा ६७ हजार छ सय एक मतदाताले मतदान गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 322 times, 1 visits today)

epaper

ताजा समाचार

अन्यौलमा ओली–प्रचण्ड सत्ता सहमति